logo

पहिलो त्रैमासमा सोल्टी होटल ७ करोड ९३ लाख रुपैयाँ घाटामा

    1697   पटक पढिएको


३ मंसिर/अर्थ र व्यापार– चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सोल्टी होटल घाटामा गएको छ । 

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ७ करोड ९३ लाख रुपैयाँ घाटामा गएको हो । 

कोभिड–१९ महामारीका कारणले बाह्य तथा आन्तरिक पर्यटक आगमन बन्द हुनु,  कर्मचारी सेवासुविधा भुक्तानी तथा अन्य सञ्चालन खर्चका कारण होटल नोक्सानीमा गएको कम्पनीले जनाएको छ । 

गत वर्ष कम्पनीको वर्षभरीको आम्दानी एक अर्ब २३ करोड थियो । गत वर्षको पहिलो त्रैमासमा पनि कम्पनीको आम्दानी ३१ करोड ६४ लाख रुपैंयाँ रहेको थियो । 

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी ५ करोड १३ लाख रुपैयाँमा खुम्चिएको छ । पहिलो त्रैमासमा होटलको कुल खर्च १३ करोड रुपैयाँ छ । यसले गर्दा होटल करिब ७ करोड ९३ लाख रुपैयाँ घाटामा गएको हो । होटलको अवकाशसहित सम्पूर्ण कर्मचारी खर्च मात्रै ६ करोड ८० लाख रुपैयाँ छ । 

होटलले नीतिगत तथा ब्यवसायीक कार्यकुशलतालाई पूर्ण क्षमतामा प्रयोग गर्दै, न्यूनतम सञ्चालन खर्चमा होटलका संरचनागत सुविधाहरुलाई पूर्ण क्रियाशील राख्दै कुल सञ्चालन खर्च घटाउनका लागि अपनाउनु पर्ने सबै ब्यवसायिक रणनीतिहरु अपनाउने जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।