logo

हिमालय टेलिभिजनको एचडी प्रसारण सुरु, तीनवटा नयाँ ‘रियालिटी शो’हरूको प्रशारण गर्ने घोषणा

    1631   पटक पढिएको

२ माघ/ अर्थ र व्यापार - विगत सात वर्षदेखि समाचारमूलक तथा मनोरञ्जनात्मक सामग्री प्रसारण गरिरहेको हिमालय टेलिभिजनले एचडी प्रसारण सुरु गरेको छ । टेलिभिजनको व्यवस्थापन नयाँ समूहले लिएसँगै प्रिमियम कन्टेन्ट थप गरी एचडी प्रविधिमा प्रसारण सुरु गरिएको हो । डिजिटल मिडिया अभ्यासलाई प्राथमिकता दिँदै टेलिभिजनले आफ्ना खबरहरु पोर्टल हिमालयटीभी डट कम, मोबाइलएपका साथै फेसबुक, ट्विटर, यूट्यूबमार्फत पनि उपलब्ध हुने जनाएको छ ।

एचडी प्रविधिको सुरुवातसँगै विभिन्न विधाका तीनवटा नयाँ ‘रियालिटी शो’हरूको घोषणा गरिएको छ । घोषणा अनुसार गायन रियालिटी सो ‘द भ्वाइस’को नेपाल संस्करण ‘भ्वाइस अफ नेपाल सिजन २’ अब हिमालय टेलिभिजनमा प्रसारण हुनेछ । डान्स रियालिटी सो ‘डान्सिङ विथ स्टार’को नेपाल संस्करण पनि यसै वर्षबाट प्रसारण सुरु हुने भएको छ । बीबीसी स्टुडियोसँगको सहकार्यमा निर्माण हुने रियालिटी शोमा विभिन्न क्षेत्रका चर्चित सेलिब्रिटीहरूको सहभागिता रहनेछ ।

यस्तै, फेशन रियालिटी शो ‘नेक्स्ट टप मोडल’को नेपाल फ्रान्चाइजका रूपमा ‘नेपाल्स नेक्स्ट टप मोडल’ पनि हिमालय टेलिभिजनमा प्रसारण हुनेछ । पहिलो सिजन केही महिनाभित्रै प्रसारण हुने जनाइएको छ । यसअघि टेलिभिजनले एडभेन्चर रियालिटी सो ‘हिमालय रोडिज’का दुई सिजन सम्पन्न गरिसकेको छ । एचडी प्रसारण सुरुवातसँगै टेलिभिजनले आफ्ना खबर बुलेटिनहरूमा ३ मिनेटको विज्ञापन सीमा तोकेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।