logo

भाइचन्द्र श्रेष्ठको अध्यक्षतामा गोरखा चेम्बर अफ कमर्श गठन

    2066   पटक पढिएको

२९ आषाढ÷अर्थ र व्यापार– नेपाल चेम्बर अफ कमर्शले भाइचन्द्र श्रेष्ठको अध्यक्षतामा गोरखा चेम्बर अफ कमर्शको स्थापना गरेको छ ।
चेम्बरले देशभरका उद्योगी व्यवसायीलाई एकिकृत गरी उनीहरुको व्यवसायको प्रवर्द्धन र सम्बर्द्धन गर्ने उद्देश्य अनुरुप जिल्ला–जिल्लामा शाखा विस्तार गर्ने क्रममा गोर्खा जिल्लामा पनि विधिवत रुपमा गोर्खा चेम्बरको स्थापना गरेको हो । 

चेम्बरलाई प्रादेशिक र स्थानीय ढाँचामा लैजाने उद्देश्य अनुरुप गोर्खा चेम्बर अफ कमर्शको गठन गरिएको चेम्बरका प्रचारप्रसार विभाग प्रमुख सन्तोकुमार पाण्डेले जानकारी दिए । 

चेम्बरले भाइचन्द्र श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति गठन गरेको हो । जिल्लामा रहेका घरेलू, साना, ठूला तथा मझौला सबै किसिमका व्यवसायीलाई समेटर अघि बढ्न चेम्बरमा आवद्ध भएको  नव नियुक्त अध्यक्ष  श्रेष्ठले जानकारी दिए । श्रेष्ठ यसअघि नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध थिए ।

प्रदेश नम्बर ४ का प्रवक्ता तथा भौतिक योजना मन्त्री रामशरण वस्नेतको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बर आफ कमर्श भन्सार विभाग प्रमुख निरज राई, प्रचारप्रसार विभाग प्रमुख सन्तोषकुमार पाण्डे, जिल्लाका उच्च पदस्थ कर्मचारी र व्यवसायीहरुको सहभागिता रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।