logo

दोस्रो टर्मिनल भवन बनाउने तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

पहिलो चरणको परियोजना अन्तर्गत ९२.५ प्रतिशत भौतिक काम सम्पन्न 

    1935   पटक पढिएको

६ असोज/अर्थ र व्यापार– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोश्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु भएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा प्रस्तावित डिजाइनका विकल्पसहित ग्राफिक्सहरू राख्दै दोश्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु भएको बताएका हुन् ।  

थप १० वटा विमान पार्किङ गर्न सकिने गरी दोस्रो टर्मिनल भवन बनाउने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए । दोस्रो टर्मिनल भवनको डिजाइन परामर्शदाता कम्पनी आईसीटी एनएक्स स्लेटले गरिरहेको छ ।

भैरहवा विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले विमानस्थल आयोजनाको पहिलो चरणको परियोजना अन्तरगत ९२.५ प्रतिशत भौतिक काम सम्पन्न भएको बताएका छन् । आयोजनाको वित्तीय प्रगति भने ६३ प्रतिशत पुगेको छ । 

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । उपकरण जडानसहित दोस्रो चरणको काम भने एरोनटिकल रेडियो अफ थाइल्याण्डबाट भइरहेको छ ।

नेपालमा विदेशी नागरिकका लागि लागेको यात्रा प्रतिवन्धका कारण चिनियाँ प्राविधिक र इन्जिनियर आउन नसक्दा बाँकी काम रोकिएको आयोजना प्रमुख अधिकारीले बताए ।  

पर्यटन मन्त्री भट्टराईले पनि यो आयोजनाका लागि रोकिएको कामदार ल्याउन संकट व्यवस्थापन केन्द्रको सिफारिस माग्दै प्रस्ताव गरिसकेका छन् ।

ती उपकरण जडानपूर्व तयार हुनुपर्ने भौतिक संरचना बनिरहेको छ । विदेशी इन्जिनियर र प्राविधिक नेपाल आइसकेपछि ती उपकरण जडान हुने उनले जानकारी दिएका छन् । आयोजनाको वित्तीय प्रगति भने ६३ प्रतिशत पुगेको छ ।

लकडाउनकै बीचमा समेत २९ चिनियाँ नागरिकसहित २७५ जना कामदारले निरन्तर काम गरेका छन् ।

डिसेम्बर २०१७ मै सम्पन्न हुने गरी डिसेम्बर २०१४ बाट शुरु भएको आयोजना ठेकेदारहरुबिच बिबाद, निर्माण सामग्रीको अभाव, भूकम्प र नाकाबन्दी जस्ता विविध कारण देखाउँदै म्याद थपिँदै आएको छ ।

एसियाली विकास बैंकको सहूलीयतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको लागत  ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ रहेको छ ।  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।