logo

आर्थिक सम्वृद्धि अवको एजेण्डा रहेको उपराष्ट्रपति पुनको भनाई

टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड पाण्डेलाई

    2635   पटक पढिएको

३१ असोज / अर्थ र व्यापार- उपराष्ट्रपति नन्द बहादुर पुनले मुलुकको अवको मुख्य एजेण्डा आर्थिक सम्वृद्धि रहेको वताएका छन । गन्तव्य नेपाल न्युज डटकमको चौंथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पुनले नेपालको पर्यटन क्षेत्रको अपेक्षाकृत विकास हुन नसक्नुमा राजनितिक र सामाजिक कारणहरु प्रमुख रहेको वताए । उनले स्थानिय निकायको निर्वाचन सम्पन्न भईसकेको अवस्थामा अव प्रदेश र केन्द्रको निर्वाचन स्वच्छ र पारदर्शी ढंगले सम्पन्न गर्नु आवश्यक रहेको र त्यसपछि बनने सरकारको सम्पूर्ण ध्यान आर्थिक विकासमा हुनुपर्ने वताए । कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले नेपालको सबै गाउँहरु पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको भन्दै सातवटै प्रदेशमा पर्यटकिय गन्तव्यहरु विकास गर्न आवश्यक रहेको वताए ।

पूर्व सांसद जगदिशनरसिंह केसीले मुलुकको भविष्यका विषयमा आशावादी हुनु आवश्यक भएपनि राजनीतिक अस्थिरताका कारण ढुक्क हुन नसकिएको वताए । नेपाल पर्यटन व्यवसायी संगठनका संयोजक नवराज दाहालले नेपाल घुम्ने पर्यटकको संख्यात्मक र गुणात्मक बृद्धि समय सापेक्ष हुन नसकेको भन्दै त्यसलाई पूर्ति गर्नका निम्ति राज्यस्तर बाट पहल गनुपर्ने बताए । गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारीले गन्तव्य नेपालले विगत डेढ दशक देखि पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै पर्यटन विकासका लागि केन्द्रिय स्तर बाट निश्चित लक्ष्य बनाएर अघि बढ्नुपर्ने बताए ।

गन्तव्य नेपाल न्युज डटकमको चौंथो वार्षिकोत्सवको अवसरमा यसै वर्ष वाट प्रदान गर्न थालिएको टुरिजम लाईफटाईम एचिभमेण्ट अवार्ड पाटा नेपाल च्याप्टरका अध्यक्ष एवं पर्यटन व्यवसायि सुमन पाण्डेलाई प्रदान गरियो । पत्रकार शरदराज सुवेदीको संयोजकत्वमा पत्रकारहरु मधुजंग पाण्डे र संगम बानिया सम्मिलित छनोट कमिटिले पाण्डेलाई छनोट गरेको हो । सम्मान ग्रहण गर्दै पाण्डेले आँफुसंग भएको राष्ट्रिय र अन्तर्राष्ट्रिय नेटवर्क राज्यको विकासमा लगाउन चाहेको वताए ।
सोही अवसरमा पर्यटन व्यवसायीहरु लोक प्रसाद दाहाल, अनिल लामा, चिरञ्जिवी भट्ट, राजेन्द्र अधिकारी, गिता गुरुङ, अन्नेली सोफिया राइकर तथा समाजसेवी रामहरी अधिकारी, राजन थापा र मोतिराम ढकाललाई पनि सम्मानित गरिएको थियो ।

त्यस्तै कार्यक्रममा नेपाल टेलिभिजनका समाचार सम्पादक राजु सिलवाल, न्युज २४ टेलिभिजनका समाचार सम्पादक संगम बानियाँ, शिखरपोष्ट मिडियाका अध्यक्ष प्रकाश खालिङ, प्वाईन्ट मिडिया प्रा.लि. का अध्यक्ष नविन काफ्ले र फोटोग्राफर जनार्दन अर्याललाई पनि सम्मान गरियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।