logo

महासंघद्वारा विभिन्न समिति तथा फोरमको गठन  

    1924   पटक पढिएको


५ पुस/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न समिति तथा फोरमको सभापति चयन गरेको छ। 
महासंघ सचिवालयमा आइतवार आयोजित कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले महासंघको विधानअनुसार विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन भएका सदस्यलाई कार्यादेशसहित सभापतिको औपचारिक पत्र हस्तान्तरण गरेको हो ।

व्यापार समितिमा विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समितिमा डिबी बस्नेत, पर्यटन तथा हवाई यातायात समितिमा ज्योत्सना श्रेष्ठ, उद्योग समितिमा भरतराज आचार्य, बैंक, वित्तीय तथा बीमा समितिमा शाहिल अग्रवाललाई जिम्मेवारी दिएका छन् ।

सूचना तथा सञ्चार प्रविधि विकास समितिमा मङ्गेशलाल श्रेष्ठ, महिला उद्यमी विकासमा समिति रीता सिंह, स्थल यातायात तथा पारवहन समितिमा प्रकाश सिंह कार्की, कर तथा राजस्व समितिमा सन्दीपकुमार अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ ।

अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिमा आनन्दकुमार अग्रवाल बगाडिया, स्थानीय विकास समितिमा सुरकृष्ण वैद्य, स्वास्थ्य तथा सीप विकास समितिमा हेमराज ढकाल, स्टार्ट अप एन्ड इनोेभेशन समितिमा रञ्जीतराज आचार्य, निर्यात प्रवर्द्धन समितिमा मनिषलाल प्रधान, व्यापार मेला समितिमा नरेन्द्र खडका, ऊर्जा तथा वातावरण समितिमा गोपाल खनाल र शहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको छ ।

फोरमतर्फ द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरममा  देश बन्धु बस्नेत (अजीत), सामाजिक तथा स्वास्थ्य सेवा फोरममा राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरममा आकाश अधिकारी, पूँजी बजार फोरममा अम्बिकाप्रसाद पौड्याल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन भएका कार्यकारिणी समिति सदस्यलाई सशक्त ढङ्गबाट भुमिका निर्वाह गर्न र महासङ्घको गरिमा उच्च बनाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।