logo

२६ वस्तुको निर्यातमा नगद अनुदान दिने सरकारको निर्णय

    1763   पटक पढिएको

२९ माघ/ अर्थ र व्यापार - निर्यात प्रवद्र्धन गरी वैदेशिक ब्यापारमा देखिएको असन्तुलन कम गर्न सरकारले विभिन्न २६ वस्तुको निर्यातमा नगद अनुदान दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले गत पुस २६ गते निर्यात अनुदानका लागि नगद अनुदान सम्बन्धी कार्य्विधि पारित गर्दै यस्तो व्यवस्था गरेको थियो ।

निर्यातकर्ताले १५ वस्तुको निर्यातमा ५ प्रतिशत र ११ वस्तुको निर्यातमा ३ प्रतिशत नगद अनुदान पाउने छ । सरकारले पूर्ण स्वदेशी उत्पादन निर्यात गर्दा मात्रै नगद अनुदान दिने निर्णय गरेको हो । मन्त्रिपरिषदले स्वीकृत गरेको निर्यात अनुदानसम्बन्धी कार्य्विधि कार्यान्वयनका लागि राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ । माघ २८ गते परिपत्र जारी गर्दै राष्ट्र बैंकले १० बुँदे निर्देशन दिएको हो ।

वस्तु निर्यात तथा सोको भुक्तानी जुन बैंक कार्यालयमार्फत भएको हो, सोही बैंक कार्यालयमार्फत मात्र नगद प्रोत्साहन उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । निर्यात अनुदान दिनका लागि अर्थ मन्त्रालयले बेलाबेलामा राष्ट्र बैंकलाई रकम उपलब्ध गराउने छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा निर्यात अनुदानका लागि सिफारिस र अनुगमन समिति बनाइएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।