logo

रहेनन् क्यानका पूर्व अध्यक्ष जयकुमार नाथ शाह

    3129   पटक पढिएको

२१ भदौ / अर्थ र व्यापार – नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी जयकुमार नाथ शाहको बुधबार निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

एक साताअघि निवासकै बाथरुममा लडेर टाउकोमा चोट लागेपछि उनलाई नर्भिक अस्पताल र्पुयाइएको थियो । उपचारकै क्रममा उनको आज बिहान १० बजेर २० मिनेटमा निधन भएको हो । उनको उपचार डाक्टर पंकज जलान र डाक्टर राजीव झाले गरिरहेका थिए ।

शाहले २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व संहालेका थिए । उनी लगातार ४० वर्ष क्यानको अध्यक्षमा आसिन रहे । उनी अध्यक्ष रहँदा नेपाली क्रिकेटले अन्तर्रा्ष्ट्रिय सहभागिता सुरु गरेको थियो भने केहि भौतिक पूर्वाधारसमेत बनेका थिए ।
संघको नेतृत्वमा आउनुअघि उनी राष्ट्रिय खेलाडी समेत थिए । उनले ४० वर्ष नेतृत्व गरेको नेपाल क्रिकेट संघ गत वर्ष आइसीसीको निलम्बनमा परेपछि अहिले अपांग भएको छ ।

यसैबीच नेपाल क्रिकेट संघ क्यानले बिज्ञप्ति जारी गरी संघका पूर्व अध्यक्ष तथा एसीसीका पूर्व उपाध्यक्ष शाहको निधनमा शोक प्रकट गरेको छ । ढमहासचिव अशोकनाथ प्याकुरेलले जारी गरेको बिज्ञप्तिमा नेपाली क्रिकेटमा लामो योगदान गरेका शाहको निधनले क्रिकेट बिकाशको नक्षेत्र गुमाउनुपरेको उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।