logo

नेपाल र भारत बिच विद्युत आदानप्रदानका लागि सहमति

    1259   पटक पढिएको

११ माघ/ अर्थ र व्यापार - दुई देशबीच विद्युत आदानप्रदानका लागि ‘इनर्जी बैंकिङ’ स्थापना गर्न नेपाल र भारत सहमत भएका छन् । पोखरामा सम्पन्न दुई देशबीचका सचिवस्तरीय बैठकले यस्तो सहमति गरेको हो । बैठकले नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणले संयुक्त रुपमा तयार पारेको ‘इनर्जी बैंकिङ’ सम्बन्धी प्रस्तावलाई अनुमोदन गर्दै यसको कार्यान्वयनका लागि आवश्यक नियम जारी गर्न पनि दुवै देश सहमत भएका हुन् । 

‘इनर्जी बैंकिङ’सम्बन्धी प्रस्ताव नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणले पुस दोस्रो साता तयार पारेको थियो । नेपालले भारतको पावर एक्स्चेन्ज मार्केटबाट विभिन्न मोडालिटीमा सोझै विद्युत खरिद गर्नसक्ने सहमति पनि बैठकमा भएको छ । यसका लागि आमागी २ महिनाभित्र आवश्यक कार्यविधि बन्ने बैठकले निर्णय गरेको छ ।  

बैठकले हाल २२० किलोभोल्टमा चार्ज भई सञ्चालनमा आएको पहिलो अन्तर्देशीय ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनलाई ४०० किलोभोल्टमा स्तरोन्नति गर्ने काम नेपाल र भारत दुवै क्षेत्रमा डिसेम्बर १९ सम्ममा सक्ने निर्णय पनि गरेको छ । अहिले यसको क्षमता २९० मेगावाट विद्युत आयात गर्न सक्ने अवस्थाको रहेको छ । स्तारोन्नतिपछि निकट भविष्यमा ५ सयदेखि ६ सय मेगावाटसम्म विद्युत आयात निर्यात गर्न पाउने नेपाली पक्षको प्रस्ताव भारतीय पक्षले सकारात्मक रुपमा लिएको र यस विषयलाई ४ महिनाभित्र टुंगो लगाउने सहमति भएको उर्जा मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले बताए । 

यस्तै रक्सौल–परवानीपुर र कटैया–कुसाहा १३२ केभी प्रसारण लाइनको क्षमता डबल सर्किटमा स्तारोन्नति गरिदिन भारतले सहमति जनाएको छ । ४०० किलोभोल्टको नयाँ लम्की–बरेली र दुहबी–पूर्णिया प्रसारण लाइनको अध्ययन गर्ने विषयमा तयार भएको प्राविधिक समितिको प्रतिवेदनलाई पनि बैठकले अनुमोदन गरेको छ । 

यस्तै भारतले टनकपुरमा तत्काल ५० एम.भि.ए क्षमताको ट्रान्सफर्मर राखेर नेपाललाई ८० मेगावाटसम्म बिजुली उपलब्ध गराउने सहमति पनि बैठकमा भएको छ । यसका लागि यही मार्चसम्ममा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिसक्ने सहमति भएको छ । अहिले टनकपुरबाट ३० देखि ३५ मेगावाटमात्र बिजुली आइरहेको छ । नेपाल, भारत र बंगलादेशबिच उर्जा सहयोगका क्षेत्रमा त्रिपक्षीय सहकार्य अघि बढाउने विषयलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको प्रवक्ता अर्यालले बताए । 
नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे र भारत सरकारको तर्फबाट विद्युत मन्त्रालयका सचिव ए.के भल्लाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।