logo

सगरमाथा आरोही दिकी शेर्पा सम्मानित

    1908   पटक पढिएको

१८ जेष्ठ / अर्थ र व्यापार- सगरमाथा चढेर कीर्तिमान कायम गरेको भन्दै आरोही दिकी शेर्पालाई सम्मान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले शेर्पालाई सम्मान गरे । शेर्पाले यसै वसन्तकालीन सिजनमा सगरमाथाको सफल आरोहण गरेकी हुन ।

टुरिजम मिडिया क्लब र ट्रेकिङ गाइड एसोसिएसन (टिगान) को संयुक्त आयोजनामा भएको कीर्तिमानी आरोही दिकी शेर्पा सम्मान कार्यक्रममा सगरमाथामा फोहोर बढ्दै गएकाले सफाइमा केन्द्रित हुन मन्त्री अधिकारीले अनुरोध गरे । वर्षेनी हुने आरोहणको क्रममा आरोहीले प्रयोग गरेका सामाग्री सगरमाथामा छोड्दा फोहोर बढेकाले आरोही दिकी शेर्पालाई समेत सफाईमा केन्द्रित हुन मन्त्री अधिकारीले अनुरोध गरे । 

त्यसैगरी सांसद् यज्ञराज सुनुवारले दिकीको साहसले सम्पूर्ण नारीको शिर ठाडो बनाएको बताए । पूर्वसांसद् रामहरि खतिवडाले शेर्पाले हिमाल चिनाएको र हिमालले शेर्पा चिनाएको भन्दै दिकीले चुचुरो चुम्न गरेको साहसमा बधाई दिँदै सम्पूर्ण आरोहीको कदर हुनेगरी काम गरिनुपर्ने बताए । 

क्लबकी कोषाध्यक्ष समेत रहेकी दिकीले शेर्पाले यस वसन्तकालीन सिजनमा ‘लैंगिक समानतको लागि सकरात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ नारा सहित सगरमाथाको आरोहण गरेकी थिईन् । संखुवासभामा जन्मेकी दिकीले यसअघि पनि मनास्लु लगायत आधा दर्जन हिमाल आरोहण गरेकी छिन ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।