logo

स्थलमार्गबाट नेपाली धागो आयातमा लगाएको प्रतिबन्ध बंगलादेशद्वारा सशर्त फुकुवा

    1964   पटक पढिएको

२५ पुस/अर्थ र व्यापार - स्थलमार्गबाट नेपाली धागो आयातमा  लगाउँदै आएको प्रतिबन्धलाई बंगलादेशले सशर्त फुकुवा गरेको छ । बंगलादेशको नेशनल बोर्ड अफ रेभेन्यु (एनबीआर)ले  बंगलाबन्ध स्थल भन्सार नाकाबाट नेपालमा उत्पादित धागो आयात गर्न दिने निर्णय गरेको हो ।

बंगलादेशी संचारमाध्यमका अनुसार यो प्रतिबन्ध एक वर्षको लागी मात्र फुकुवा गरिएको छ । स्वदेशी उद्योगलाई संरक्षण गर्न बंगलादेशले सन् २००२ देखि बेनोपोल स्थल भन्सार नाका र  समुद्री मार्गबाट मात्र धागो आयात गर्न पाउने प्रावधान लागू गरेपछि नेपालबाट धागो निर्यातमा अघोषित प्रतिबन्ध लागेको थियो । बंगलादेशसँग बंगलाबन्ध र फुलबारीस्थल भन्सार नाकाबाट आयात निर्यात कारोबार हुँदै आएको छ ।

नेपाल धागो उद्योग संघका अध्यक्ष पवन गोल्यानले प्रतिबन्ध फुकुवा स्वदेशी उद्योगको लागी सुखद उपलब्धी भएको बताए । उनले भने, हामीले वर्ष दिनमै पाँच अर्ब रुपैयाँ बराबरको ऊन बंगलादेश निर्यात गर्न सक्ने संभावना छ । ठूलो परिमाणमा पूँजी ,श्रम र उर्जा खपत हुने भएकोले धागो उद्योग पूर्ण क्षमतामा संचालन हुनु आवश्यक छ । स्वदेशी उद्योगले हाल वार्षिक करिब ११ अर्ब रुपैयाँ बराबरको धागो निर्यात गरिरहेका छन् । एक्रेलिक यार्न (ऊन),भिस्कस यार्न, पोलिष्टर भिस्कस, डाइड यार्न (रंगिन धागो) निर्यात हुन्छ ।

बंगलादेश निर्यातको बाटो खुलेसँगै सरकारले धागो र कपडा उद्योगलाई उपलब्ध गराउने घोषणा गरेको विशेष सुविधा कार्यान्वयनमा ल्याए दुई वर्षभित्र धागोको निर्यात दोब्बर बनाउन संभव रहेको अध्यक्ष गोल्यानले बताए । बंगलादेशमा सोमबार मात्रै नयाँ सरकारको गठन भएकोले औपचारिक जानकारी प्राप्त हुन दुई साताको समय लाग्न सक्ने  बंगलादेशी समकक्षीलाई उद्घृत गर्दै संघले जानकारी दिएको छ । उद्योगीका अनुसार धागो र कपडा उद्योगमा कच्चा पदार्थबाट तयारी वस्तु उत्पादन गर्ने प्रकृयाबाट ४० देखि ५० प्रतिशतसम्म मूल्य अभिवृद्धि (भ्यालु एडिशन) भइरहेको छ । रंगिन धागो उत्पादनमा ६० प्रतिशत सम्म मूल्य अभिवृद्धि हुन्छ ।

सरकारले स्वदेशी धागो तथा कपडा उद्योगलाई प्रोत्साहन गर्न बिजुली महशुलमा पचास प्रतिशत र बैंक ब्याजमा पाँच प्रतिशत सहुलियत दिएकोले बंगलादेशको बजारमा मूल्य प्रतिस्पर्धा सामना गर्न सकिनेमा धागो उद्योग संचालक विश्वस्त छन् । यो बाहेक निर्यातजन्य उद्योगलाई निर्यात प्रोत्साहन वापत थप रकम समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सन् २०१७ देखि नै नेपाली व्यवसायीले बंगलादेशको पञ्चगढस्थित तेतुलिया नाका(बंगलाबन्ध)बाट निर्यातको सुविधा दिन माग गर्दै आएका थिए । बंगलादेशको विदेश मन्त्रालय र वाणिज्य मन्त्रालयले समेत नेपालबाट एक्रेलिक धागो आयातमा प्रतिबन्ध हटाउन आग्रह गरेपछि २८ डिसेम्बरमा एनबीआरले सरोकारवालासँग यसबारे छलफल गरेको थियो ।

नेपालमा सुती धागोको उत्पादन नहुने भएकाले बंगलादेशी सुती धागो उत्पादकलाई असर नपर्ने निष्कर्ष सहित प्रतिबन्ध फुकुवा गरिएको एनबीआरलाई उद्घृत गर्दै बंगलादेशी संचार न्युएजले उल्लेख गरेको छ ।एनआरबीले सन् २०२० जनवरीमा पुनःमूल्यांकन गरेर प्रतिबन्ध फुकुवाको म्याद थप्नेरनथप्ने बारे निर्णय लिनेछ । मूल्यांकन समितिमा बंगलादेश कपडा उद्योग संघ, बंगलादेश उद्योग वाणिज्य महासंघसमेतको सहभागिता रहने छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।