logo

विवाह पञ्चमीमा नसक्ने भएपछि रेल सञ्चालन गर्ने नयाँ भाका पुस मसान्त 

    1938   पटक पढिएको


२६ मंसिर/अर्थ र व्यापार– नेपाल रेल्वे विभागका अधिकारीहरुले दिएको विवाह पञ्चमीको भाकामा रेल सञ्चालनमा नआउने भएको छ ।

पुस ४ गते विवाह पञ्चमीका दिनबाट रेल सञ्चालन गर्न नसकिने रेल विभागका महानिर्देशक गुरुप्रसाद भट्टराईले बताए । अब नयाँ भाका पुस मसान्तसम्म रेल सञ्चालनमा ल्याउने भट्टराईले बताए ।

भन्सार शुल्क बाहेक ८३ करोड ९३ लाख ६० हजारमा खरिद गरी ल्याइएको १६०० एचपी डेमुको दुई वटा रेल अहिले धनुषाको इनर्वामा पार्किङ्ग गरेर राखिएको छ ।

यो रेल भारतको जयनगरदेखि नेपालको जनकपुर, सीतापुर भंगहा हुँदै बर्दिवाससम्म सञ्चालन गर्ने योजना छ । पहिलो चरणमा लिक बनेको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालन गर्ने विभागको तयारी छ ।

विभागले अब नयाँ भाका पुस मसान्तसम्म रेल सञ्चालनमा ल्याउने बताएपनि रेल सञ्चालनमा आउछ भन्ने निश्चित शुने अवस्था छैन । रेल सञ्चालनमा नआउँदै रेल्वे ट्रयाकबाट झण्डै १८ हजार क्लिप चोरी भइसकेको छ ।

रेल विभागका साइट इन्चार्ज विनोद ओझाले अनुगमनक क्रममा रेल्वे ट्रयाकबाट झण्डै १८ हजार क्लिपहरु चोरी भएको पाइएको जानकारी दिए ।

कर्मचारीको अभाव र क्लिप चोरी मात्र होइन, रेल्वे सञ्चालनका लागि कानुनको समेत अभावले गर्दा पुस मसान्तसम्म रेल सञ्चालन हुने आधार देखिन्न ।

विभागका महानिर्देशक भट्टराईले कानुनी अभाव पूर्ति गर्न अध्यादेश ल्याउने तयारी भइरहेको बताए । भट्टराईले अध्यादेशको मस्यौदा तयार भइसकेको जानकारी दिए ।

महानिर्देशक भट्टराईले नेपालले मात्र कानुन बनाएर नहुने भन्दै भारतले पनि कानुन बनाउनुपर्ने बताए । दईतिर नै कानुन बनेपछि मात्रै दुई देशबीच रेल संचालन गर्ने सम्झौता हुने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।