logo

५ अर्ब भ्रष्टचार अभियोगमाथिको छानविन सामना गर्न तयार छु : मलेसियाली पूर्वउपप्रधानमन्त्री 

    1818   पटक पढिएको


८ साउन/अर्थ र व्यापार– मलेसियाका पूर्व उपप्रधानमन्त्री डा. अहमद जाहिद हमिदीले नेपाली कामदारहरूमाथी मलेसिया जानेक्रममा भएको भ्रष्टाचारको अभियोगमा आफु र आफ्नो परिवारको कुनै संलग्नता नभएको बताएका छन् ।  

पूर्व उपप्रधानमन्त्री हमिदीले ‘आफूमाथि लागेको आरोपलाई झुटो साबित गर्न वा यस घटनामा मैले कुनै पनि शक्तिको दुरुपयोग गरेको वा परिवारको कुनै पनि सदस्यको यसमा संलग्नता छैन भन्ने प्रमाणित गर्न वा म त्यसमा सामेल छैन भन्ने प्रमाणित गर्नका लागि पनि मलेसियाको एन्टि करप्सन कमिसन (एमएसीसी)को अनुसन्धानको सामना गर्न तयार रहेको पनि बताएका छन् ।

नेपाली कामदारहरू मलेसिया लैजाने क्रममा त्यहाँको सरकारले संस्थागत रूपमा भ्रष्टाचार गरेको भन्दै उनी र उनको परिवारमाथि अभियोग लागेको छ । 

खोज पत्रकारिता केन्द्रले ‘राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरिब नेपालीको ५ अर्ब’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सोही समाचारलाई अंग्रेजीमा अनुवाद गर्दै नेपाली टाइम्सले प्रकाशित गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो । 

रिपोर्टमा पूर्व गृहमन्त्रीसमेत रहेका पूर्व उपप्रधानमन्त्री अहमद जाहिदले निजी कम्पनी  ‘अल्ट्रा किनारा एसडीएन बीएचडी’सँग आउटसोर्स गरी मलेसियामा जाने कामदारहरूबाट अवैध रूपमा अर्बौँ लुटेको उल्लेख छ ।

२०७० भदौ देखि मलेसिया गएका ६ लाख ९ हजार ८७९ जना कामदारले विभिन्न शीर्षकमा पैसा तिर्नुपरेको सीआईजेको रिपोर्टमा उल्लेख छ । भिसा प्रोसेसिङ शुल्कबापत तीन हजार २०० रुपैयाँ र स्वास्थ्य परीक्षका लागि वायोमेट्रिक परीक्षण गर्न चार हजार ५०० असुल गरिएको थियो ।

त्यस्तै कामदारको राहदानी र हातको फिंगरप्रिन्टका लागि समेत तीन हजार २०० रुपैयाँ असुलिँदै आएको थियो। मलेसिया जाने कामदारको विवरण अनलाइन सफ्टवेयर प्रणालीमा दर्ता गर्नका लागि भन्दै थप ३ हजार ५०० रुपैयाँ उठाउन थालिएको थियो। त्यस्तै कामदारको राहदानी संकलन गर्नका लागि ३ हजार २०० रुपैयाँ समेत लिइएको थियो।

जसबापत यो पाँच वर्षमा मलेसिया पुगेका नेपालीको पाँच अर्ब ३५ लाख रुपैयाँ लुटिएको थियो। यसमा नेपाली र मलेसियाली सरकारी अधिकारीको मिलेमतो रहेको तथ्य समाचारमा उल्लेख छ ।

यसरी नेपालीबाट अर्बौँ लुट्नका लागि नेपाली कामदारहरूका लागि वायोमेट्रिक स्वास्थ्य परीक्षण लाई अनिवार्य गर्दै त्यहाँको  ‘बेस्टिनेट एसडीएन बीएचडी’ ले जिम्मा पाएको थियो । जुन अहमदका बहिनी ज्वाइँ अमिन अब्दुल नुरको कम्पनी हो।

रिपोर्टमा हमिदीका भाइ अब्दुल हाकीम अहमदी र पूर्व प्राकृतिक स्रोत तथा वातावरण मन्त्री तान सिरी अज्मी खालिदको समेत यो कम्पनीमा सेयर रहेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।