logo

कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी खारेज गराउनेको चाप बढ्यो

    1782   पटक पढिएको

५ बैशाख /अर्थ र व्यापार - नयाँ बर्षपछि कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी खारेज गराउनेको चाप बढेको छ । लामो समयदेखि निष्कृय रहेका कम्पनीलाई खारेजीमा लैजान दिएको छुटको समय सकिन लागेकोले चाप बढेको हो ।

बुधवार सम्म ८ सय ३५ कम्पनीले खारेजीको प्रक्रिया अघि बढाएको कम्पनी रजिस्ट्रार कार्यालयका प्रवक्ता सन्तोष दाहालले जानकारी दिए । यसअघिनै ३ सय १७ कम्पनी खारेज भइसकेको दाहालले बताए । कम्पनी खारेज गर्न चाहनेले वैशाख १९ गते सम्म निवेदन दिन सक्छन् । कार्यालयले सहुलियत दिएपनि अपेक्षाकृत कम्पनी खारेजीमा गएनन् । हाल सम्म दुई लाख १२ हजार २८१ कम्पनी कार्यालयमा दर्ता छन् । त्यस मध्ये ४० प्रतिशत कम्पनी निस्कृय रहेको अनुमान कार्यालयको छ । बुधवार सम्मको प्रक्रियामा करिब १२ सय कम्पनी मात्रै खारेज हुने देखिएको छ । 

दुई वर्ष अघि कम्पनी ऐन संशोधनपछि खारेजी प्रक्रिया अघि बढेको थियो । कम्पनी दर्ता गर्न सजिलो भए पनि खारेज गर्न कठिन भएका कारण लामो समयदेखि निष्कृय कम्पनीको सङ्ख्या बढ्दै गएका थिए । कम्पनी खारेज गर्न ऐननै संशोधन गरेर सहुलियत दिइएको थियो।कम्पनी खारेज गर्न दिएको सुविधामा कम्पनीको चुक्ता पूँजीको ०.५ प्रतिशत वा जम्मा जरिवानाको रकममध्ये जुन कम हुन्छ त्यही तिरेर बन्द गर्न सक्ने लगायतका प्रावधान छ । सोही प्रावधान अनुसार कम्पनीको साधारणसभाको निर्णय र कम्पनीले तोकेको जरिवाना भूक्तान गरेर कम्पनी रजिस्ट्रारले तोकेको ढाँचामा निवेदन दिएका कम्पनीलाई खारेज गरिएको छ । लामो समयदेखि निस्कृय भएका कम्पनीका सञ्चालकलाई नयाँ कम्पनी खोल्न समेत रोक लगाएको छ । हाल पुरानो कम्पनीलाई अध्यावधिक गर्न लगाएर मात्र नयाँ कम्पनीमा सञ्चालक हुन स्वीकृति दिने व्यवस्था कार्यालयले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।