logo

नेपाल दूरसञ्चार प्राधिकरणमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाद्वारा निरिक्षण

    1518   पटक पढिएको

२६ पुस/ अर्थ र व्यापार - नेपाल दूरसञ्चार प्राधिकरणमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निरिक्षण गरेका छन् । बिहीबार बिहान ९ः४५ बजे नै मन्त्री बाँस्कोटा कमलादीस्थित प्राधिकरणको कार्यलयमा पुगेका थिए । करीब ४५ मिनेट एनटिएमा बिताएका बाँस्कोटाले सबै कार्यकक्षमा पसेर प्रतिक्रिया लिएका थिए । ‘मन्त्रीले प्राधिकरणको सबै विभाग र शाखाको कार्यकक्षमा पसेर अपडेट लिनुभयो र सूचना प्रविधि तथा दूरसञ्चारको क्षेत्रमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन दिनुभयो र सबैको हाजिरी विवरण जाँच गरेर जानुभयो’, प्राधिकरणका निमित्त कार्यलय प्रमुख पुरुषोत्तम खनालले बताए । 

अधिकारीका अनुसार, काम छिटो छरितो हुनुपर्यो भन्नेमा उनको जोड थियो । प्राधिकरणले अहिले गरिरहेका कामको अवस्था र समस्याहरुका बारेमा दुई दिनभित्र मन्त्रालयमा जानकारी गराउन भनेका छन् । प्राधिकरणको अध्यक्षबाट दिगम्बर झाले राजीनामा दिएपछि मन्त्री बाँस्कोटाले प्राधिकरणकै दोस्रो हैसियतका निर्देशक पुरुषोत्तम खनाललाई निमित्त कार्यलय प्रमुखको जिम्मेवारी दिएका छन् ।

अनुगमनका क्रममा मन्त्री बाँस्कोटाले दूरसञ्चार कम्पनीहरुको लाइसेन्स वितरण, ग्रामीण दूरसञ्चार कोष, दूरसञ्चार सेवाको गुणस्तर लगायतका विषयमा विशेष चासो दिएका थिए । प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाललाई भने सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सूचना प्रविधि क्षेत्रको काम गर्नका लागि भनेर काजमा तानेका छन् । आनन्दराज खनाललाई प्राधिकरणमै राख्दा कार्यबहाकको जिम्मेवारी उनैलाई दिनुपर्ने भएपछि बाँस्कोटाले यस्तो रणनीति अपनाएका थिए । 

गत भदौ २० मा दिगम्बर झालाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्दा पनि मन्त्री बाँस्कोटा र मन्त्रीपरिषदकै सर्वत्र आलोचना भएको थियो । सत्तारुढ दल नेकपाको स्थायी समितिमा ४३ जना सदस्यले झा विरुद्ध ज्ञापन पत्र बुझाएपछि प्राधिकरणबाट झालाई राजीनामा गराइएको थियो ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।