logo

खानेपानी मन्त्रालयद्वारा सीएमसीलाई मेलम्चीको ठेक्का तोडेको जानकारीसहित टर्मिनेसन लेटर लेख्ने तयारी

    1300   पटक पढिएको

६ माघ /अर्थ र व्यापार - मेलम्ची खानेपानी आयोजनाबारे छलफल गर्न इटालियन ठेकेदार कम्पनी सीएमसी नआएपछि सरकारले ठेक्का तोड्ने तयारी गरेको छ । खानेपानी मन्त्रालयको उच्च स्रोतका अनुसार आइतबार नै सीएमसीलाई ठेक्का तोडेको जानकारीसहित (टर्मिनेसन लेटर) लेख्ने तयारी भइरहेको छ ।

सीएमसी वित्तीय संकटमा फसेपछि उसका कर्मचारीहरु काम छोडेर हिँडेका थिए । तर, नेपाल सरकारले प्रहरीको सहयोगमा ८ जनालाई पक्राउ र्गयो । लगत्तै नयाँ वर्ष मनाएर फर्किने भन्दै सबै इटालियन दूतावासको जिम्मामा विदेश उडेका थिए । सीएमसीले आयोजना अघि बढाउनेबारे छलफल गर्न प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउओ पोर्सेली नेतृत्वको टोली पठाउने बचन पनि दिएको थियो । तर, अझै आएका छैनन् । पटक–पटक आग्रह गर्दा पनि सीएमसी  फर्किने नदेखिएपछि सरकारले एकतर्फी रुपमा ठेक्का रद्ध गरेर धरौटी जफत गर्न लागेको हो ।

हाल मेलम्ची आयोजनामा पूर्ण रुपमा काम ठप्प छ । अब सीएमसी नफर्किने लगभग निश्चित भएको खानेपानी मन्त्रालयका एक उच्च अधिकारीले बताए । यो बीचमा सीएमसीले काममा फर्कनुको साटो सरकारले भुक्तानी गर्न बाँकी रकम र भेरिएसनबापत थप दावी गरिएको रकम दिनुपर्ने शर्त अघि सारेको थियो । उसले शर्तहरु थप्दै आयोजनामा नफर्किने संकेत यसअघि नै गरेको थियो ।
सीएमसीका नेपाली ठेकेदारहरु पनि सबै रकम भुक्तानी नभएसम्म काममा नफर्किने अडानमा छन् । अब यो अवस्थामा ठेक्का तोडे नयाँ ठेक्का गर्नुपर्ने अवस्था आउनेछ ।

मलेम्चीको पानी काठमाडौंमा ल्याउने गरी सुरुङमार्गको काम अन्तिम चरणमा पुगेको अवस्थामा काम गर्न पैसा नभएको भन्दै ठेकेदार कम्पनीले साइट छाडेको थियो । सरकारले धरौटी रकम रोक्का गरेपछि सीएमसी अदालत पुगे पनि अदालतबाट सरकारलाई धारैटी जफत गर्न बाटो खुलिसकेको छ । सीएमसीले तनहुँ जलविद्युत आयोजनामा पनि ठेक्का पाएको छ । मेलम्चीकै ठेक्का अपुरो छोडेर कम्पनी हिँडे पनि तनहुँ हाइड्रोपावर कम्पनी पनि अन्योलमा फसेको छ । सोलु हाइड्रो भने सीएमसीसँग ठेक्का तोडिसकेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।