logo

अब नेपालमा ‘सफा नोट नीति‘ कार्यन्वयनमा आउँदै

    1763   पटक पढिएको

२६ साउन / अर्थ र व्यापार – अब नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्ने वा केरमेट गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्मको जरिवाना हुने भएको छ । व्यवस्थापिका संसद्ले पारित गरेको फौजदारी संहितामा नोट केरमेट गर्नेलाई ३ महिना जेल सजाय वा ५ हजार जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ ।

सरकारले नोट केरमेट गर्ने र नोटलाई बिगार्नेलाई फैजदारी संहितामा राखेको हुँदा नोटमा केही लेखेमा कारवाही हुने व्यवस्था भएको छ । व्यवस्थापिका संसद्ले मुलुकु ऐन २०२० लाई विस्थापन गर्दै नयाँ कानून बनाएको हो । 

सर्वोच्च अदालतले सफा नोट नीति कार्यन्वयनमा ल्याउन राष्ट्र बैंक र अर्थमन्त्रालयको नाममा अन्तरिम आदेश दिएपछि यो विषयलाई फौजदारी संहितामा समेटिएको हो । सर्वाेच्चले बैंक नोटमा स्टिच नगर्न, केरमेट नगर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा यस्तो आदेश जारी गरेको थियो ।

राष्ट्र बैंकबाट छापिँदै आएका बैंक नोटहरूमा वर्षौअघिदेखि जथाभाथी रूपमा केरमेट गर्ने, च्यात्ने तथा जथाभावी रूपमा स्ट्याप्लर लगाउने र स्वयं बैंकहरूले समेत नोटका मुठ्ठाहरूमा स्ट्याप्लर लगाएर कारोबार गर्ने प्रचलन गरेकोमा कतैबाट रोक्ने प्रयास भएको थिएन ।

नेपालमा बैंकहरूले पैसाको बन्डलमा नोटमा पर्ने गरी स्ट्याप्लर गर्दै आएका छन् । जसले गर्दा बन्डलबाट पैसा झिक्दा च्यातिने सम्भावना रहन्छ । त्यस्तै नेपालमा केरमेट गरेको र केही भाग च्यातिए पनि नम्बर देखिने नोट चल्ने गरेको छ । यसरी एक पटक छापेको पैसा छोटो समयमात्र चलनमा आउँदा नयाँ नोट छाप्नका लागि राज्यकोष खर्च हुने गरेको छ ।

भारतमा सन् १९९० को दशकदेखि स्वच्छ नोटको कारोबारको विषयमा अभियान चलेको थियो । सन् २००१ मा भारतको ‘रिर्जव बैंक अफ इन्डिया’ले बैंक नोटमा जथाभावी कोर्ने, मेट्ने तथा स्ट्याप्लर गर्ने लगायतको काम रोक्न निर्देशन दिएको थियो । 

अमेरिकी डलरलाई च्यात्ने, काट्ने वा अन्य कुनै प्रकारले केर्ने, मेट्ने गरेमा १०० डलरसम्म जरिवाना र ६ महिनासम्म कैदको व्यवस्था छ । त्यस्तै घाना,बंगलादेश, अमेरिका, बेलायत तथा फ्रान्सलगायतका मुलुकमा समेत विगत लामो समयदेखि स्वच्छ नोटको कारोबारको अभ्यास हुँदै आएको पाइन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।