logo

राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश राणालाई पद तथा गोपनियताको सपथ, न्यायाधीश दीपकराज जोशीलाई सपथग्रहण समारोहमा सहभागी नगराउन निर्देशन

    1452   पटक पढिएको

१८ पुस/ अर्थ र व्यापार  - नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएका विवादस्पद न्यायाधीश दीपकराज जोशीलाई न्याय सम्पादनको कामबाट अलग राख्ने संकेत गरेका छन् । राणाले अहिले केहीबेरमा राष्ट्रपति भवन शीतलनिवासमा हुने आफ्नो सपथग्रहण समारोहमा जोशीलाई सहभागी नगराउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको उच्च स्रोतले जनाएको छ । बिहान सवा १० बजे राष्ट्रपतिबाट प्रधान न्यायाधीश राणाले पद तथा गोपनियताको सपथ लिदैछन् । राणाले सर्वोच्च अदालतमा हुने प्रधानन्यायाधीशको स्वागत कार्यक्रममा समेत जोशीलाई सहभागी नगराउन मुख्य रजिष्ट्रार राजन भट्टराईलाई मौखिक आदेश दिएको प्रशासन स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आजैबाट राणाले जोशीलाई बेच्न पनि नतोक्ने भएका छन् । संसदीय सुनुवाईका क्रममा समितिका सदस्य योगेश भट्टराई लगायतले संसदबाट अस्वीकृत भएका न्यायाधीशलाई के गर्नुहुन्छ ? भन्ने प्रश्न गरेका थिए । राणाले संविधान र संसदीय सर्वोच्चतालाई आफूले सम्मान गर्ने जवाफ दिएका थिए । सोहीवमोजिम संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत भई न्यायाधीश हुने योग्यता र क्षमतामा प्रश्न उठाएको जोशीलाई न्यायिक प्रक्रियाबाट अलग गर्न लागिएको राणा निकट स्रोतले जनाएको छ । जोशीलाई यसअघि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएपछि केही दिन इजलास तोकिएको थिएन । तर, केही समयपछि ठूला राजश्व छलीलगायत आर्थिक चलखेलका मुद्दा जोशीलाई लगायत आर्थिक मामिलामा कमजोर न्यायाधीशहरुको इजलासमा पारेपछि मिश्रमाथि बेन्च सपिङको आरोप लागेको थियो ।

जोशी बरिष्ठ न्यायाधीशका रुपमा रहुञ्जेल न्यायपरिषद बैठकमा नबस्ने कानुनमन्त्री भानुभक्त ढकालको अडानका कारण यसबीचमा परिषद बैठकसमेत बसेन । स्रोतका अनुसार जोशीमाथि पुनः राजीनामाको दबाव परेको छ । उनले राजीनामा नदिएमा प्रधानन्यायाधीश राणाले निकास खोज्ने स्रोतले  बतायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।