logo

वणिज्य बैंकहरुद्वारा चिपमा आधारित डेबिट तथा क्रेडिट कार्ड

    1302   पटक पढिएको

२९ कात्तिक / अर्थ र व्यापार - देशभित्र  सञ्चालित  सबै वाणिज्य  बैंकहरुले  चिपमा  आधारित  डेबिट  तथा क्रेडिट कार्ड प्रयोगमा ल्याएका छन् ।

एटिएम हृयाक गरी चिनियाँ हृयाकरले ठूलो रकम नेपाली बैंकहरुबाट निकालेपछि राष्ट्र बैंकले ३ महिनाभित्र ‘चिप बेस’मा आधारित कार्ड अनिवार्य गरेको थियो । केन्द्रीय बैंकले दिएको समयावधीभित्रै बैंकहरुले चिपमा आधारित कार्ड प्रयोगमा ल्याएका हुन् ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सबै बैंकहरुले निर्देशन पालना गरेको जानकारी दिए । ‘तीन महिनाको समय दिइएकोमा त्योभन्दा अगावै बैंकहरुले राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गरेका छन्,’ निरौलाले भने ।

यसअघि अधिकांश बैंकहरुले ‘म्याग्नेटिक स्ट्रिप’ प्रविधिमा आधारित कार्ड प्रयोग गर्दै आएका थिए । चिनियाँ हृयाकरले यही प्रविधिमा आधारित कार्ड प्रयोग गरेर पैसा निकालेको पाइएको छ ।


चिप प्रयोगकर्ताको तथ्यांक सुरक्षाका लागि एटीएममा राखिने एउटा उपकरण हो। यसमा कार्डवालाको हस्ताक्षरलगायत अन्य धेरै विवरण समावेश हुन्छन्। यस्तो कार्डमार्फत रकम निकाल्दा मेसिनले ग्राहकको धेरै विवरण प्रमाणिकरण गर्ने भएकाले सामान्य कार्डभन्दा बढी सुरक्षित मानिन्छ। चिपमा भएको ग्राहकको विवरण नक्कल (कपी) गर्न सकिदैन ।

चिप नभएको अर्थात् म्याग्नेटिक कार्डमा रहेको ग्राहकको विवरण भने नक्कल गर्न सकिन्छ । यसकारण चिप भएको एटीएम कार्ड बढी सुरक्षित मानिन्छ । हाल अधिकांश बैंक तथा वित्तीय संस्थाले चिपमा आधारित कार्ड बनाइसकेका छन् ।

तर, कार्डमा प्रयोग गरिएका चिप पढ्न सक्ने गरी एटीएम मेसिन स्तरोन्नति नगर्दा कार्डमा रहेका ग्राहकको विवरण चोरीको सम्भावना बढी हुन्छ । यही कमजोरीको फाइदा उठाउँदै हृयाकरहरुले एटीएमबाट पैसा चोरिरहेको सरकारी निस्कर्ष छ ।

अन्तर्रा्ष्ट्रिय मान्यताअनुसार म्याग्नेटिक स्ट्रिपभन्दा चिपमा आधारित कार्ड सुरक्षित मानिन्छ । नयाँ कार्ड वितरण गर्दा चिपमा आधारित नै वितरण हुने गरेको भए पनि पुराना कार्डहरु भने विस्थापित भएका छैनन् । तर पुराना कार्डहरु पनि चाँडै विस्थापन हुने राष्ट्र बैंकको दावी छ ।

‘सुरक्षाका कारण नै चिपमा आधारित कार्ड अनिवार्य गरिएको हो, सबै बैंकले नयाँ कार्ड चिप नै बनाएका छन्,’ प्रवक्ता निरौला भन्छन्, ‘पुरानालाई विस्थापित गर्न केही समय पक्कै लाग्छ ।’

केही बैंकले म्याग्नेटिक स्ट्रिप कार्ड नै नचल्ने बनाइसकेका छन् । एभरेष्ट बैंकले गत असोज २६ गतेदेखि म्याग्नेटिक स्ट्रिप प्रविधिमा आधारित कार्डहरु बन्द गरिसकेको छ । सुरक्षाका हिसाबले कमजोर हुने भन्दै बैंकले म्याग्नेटिक स्ट्रिप कार्डको सट्टा चिप कार्ड लिन आफ्ना ग्राहकलाई आग्रह गरेको छ ।
    
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।