logo

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चन्द्रगढी विमानस्थलको रात्रिकालीन उडानको उद्घाटन

    1600   पटक पढिएको

१८ माघ /अर्थ र व्यापार– भद्रपुरमा रहेको चन्द्रगढी विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ चन्द्रगढी विमानस्थलको रात्रिकालीन उडानको उद्घाटन गरेका  हुन् । विसंं २०२६ मा स्थापना भएको चन्द्रगढी विमानस्थल पचास वर्षमा मात्र रात्रिकालीन उडानका लागि आधुनिक प्रविधिले सुविधायुक्त भएको हो । पन्ध सय मिटर लामो धावनमार्गमा रहेको रनवे लाइटको ‘स्विच अन’ गरेर प्रधानमन्त्री ओलीले रात्रिकालीन उडानको उद्घाटन गरेका थिए । 

उनी यती एयरलायन्सको रात्रिकालीन उडानमार्फत भद्रपुरबाट काठमाण्डौ फर्किएका हुन् । चन्द्रगढी विमानस्थलबाट अहिले यती एयरले दैनिक दुई, बुद्ध एयरले दैनिक दुई, श्रीएयरले दैनिक दुई र नेपाल एयरलायन्सले सातामा तीन दिन काठमाण्सडौसम्मको हवाई यातायात सञ्चालन गर्दै आएका छन् । विमानस्थलका प्रमुख पूर्ण चुडालका अनुसार अब राति जुनसुकै बेला हवाई यातायात सञ्चालनका लागि चन्द्रगढी विमानस्थल सुविधायोग्य बनेको छ । यती एयरलायन्सले आजैदेखि सन्ध्याकालीन एक उडान नियमित रुपमा गर्ने जनाएको छ भने बुद्ध एयरले दश दिनपछि नियमित रात्रि उडान गर्ने भएको छ । 

ट्राभल्स सङ्घ झापाका उपाध्यक्ष गोपाल खनालले चन्द्रगढीबाट पोखरा र अन्य गन्तव्यमा हवाई यातायात सञ्चालन गर्न सके पर्यटक लाभान्वित हुने बताउछन् । होटल हिकोला हेरिटेजका प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठले रात्रिकालीन उडान सुरु भएपछि झापाको ट्राभल्स र होटल व्यवसायीले प्रत्यक्ष रुपमा लाभ पाउने र पर्यटक बढ्ने बताएका  छन् । बुद्ध एयरका सेफ्टी डाइरेक्टर रञ्जन शर्माले चन्द्रगढी विमानस्थलमा कम्तीमा अब दुई हजार २०० भिजिबिलिटीसम्म हवाईजहाज उडान भर्न र अवतरण गर्न सुरक्षित भएको बताउनुभएको छ । 

उद्घाटन अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पूर्वाधार विकास तथा भौतिक योजनामन्त्री रघुवीर महासेठ लगायतको उपस्थिति रहेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।