logo

३९ खानीको खानी उत्खनन तथा खोजतलास प्रमाणपत्र रद्द

    2290   पटक पढिएको

२४ साउन / अर्थ र व्यापार – खानी तथा भूगर्भ विभागले खनिज अन्वेषण तथा विकास आयोजना ध्अन्तर्गत आर्थिक वर्ष २०७३–७४ मा ३९ खानीको खानी उत्खनन तथा खोजतलास प्रमाणपत्र रद्द गरेको छ । विभागले उत्खननका लागि प्रमाणपत्र लिएका तर समयमा काम नगरेका ती खानीको खोजतलास प्रमाणपत्र रद्द गरेको हो । देशभरका ३६७ खानीलाई प्रमाणपत्र वितरण गरिएको छ ।

दुई सय सात खानी खोजतलासको प्रमाणपत्र नवीकरण, ७६ खानी उत्खनन प्रमाणपत्र नवीकरण र सात नयाँ खानीलाई उत्खनन प्रमाणपत्र प्रदान गरेको छ भने ८० खानीको वातावरणीय अनुगमन तथा निरीक्षण गरेको छ । खानी, वन तथा जिल्ला विकास समितिबीचमा ऐन कानूनका केही दफा बाँझिए का कारण खनिजजन्य उद्योग प्रवद्र्धन गर्न समन्वयको अभाव भएको छ । युरेनियम ऐन र कानूनको अभावका कारण काम गर्न समस्या भएका छ ।

विभागले नवलपरासीमा धौवादी फलाम अन्वेषण, मुस्ताङमा युरेनियम मअन्वेषण, काठमाडौँमा प्राकृतिक ग्यास अन्वेषण, उदयपुरमा तामाखानी, धादिङ, मकवानपुर, अर्घाखाँची, महोत्तरी र सर्लाहीमा चुनढुंगा अध्ययन, बैतडी, अछाम, सुर्खेत, लमजुङलगायत जिल्लामा भौगर्भिक नक्साङ्कन गरिएको, तनहुँ, पाल्पा, स्याङ्जा लगायत जिल्लामा खनिजजन्य उद्योग प्रवद्र्धन गर्ने कार्य गरेको छ ।

बझाङमा फस्फोराइट अन्वेषण र बैतडीमा फलाम तथा तामा अध्ययन, निर्माणमुखी खानीको लागि विद्युत् प्रसारण लाइन विस्तार गरिएकोे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।