logo

अब पाँच वर्षमै राजधानीका सडक सिंगापुरको जस्तै

    1880   पटक पढिएको

२६ जेठ / अर्थ र व्यापार - आगामी पाँच वर्षभित्रै काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन सिंगापुरकै जस्तो हुने भएको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले ६ अर्ब ७५ करोड ७७ लाख १५ हजार रुपैंयाँ खर्चेर आगामी पाँच वर्षभित्रै काठमाडौं उपत्यकाको ट्राफिक आवागमनलाई सिंगापुरकै जस्तो आधुनिक र व्यवस्थित बनाउन लागेको हो ।

महाशाखाले तीन वटा चरणको कार्ययोजनासहित ट्राफिक व्यवस्थापनको काम गरिरहेको छ । त्यसका लागि महाशाखाले चालु आर्थिक बर्षमा १४ करोड २९ लाखको बजेटमा स्वास्थ्य सुरक्षाका लागि मास्क, जोखिम भत्ता, कम्प्युटर, प्राथमिक उपचार व्याग, ब्रेथलाइजर, नमुना सडक लगायतका काम गरिरहेको छ ।

दोश्रो चरणमा ३ अर्ब २२ करोड ३७ लाख ६२ हजारको लागतमा सडकमा सिसि टीभी जडान, ट्राफिक तालिम केन्द्रको निर्माण, सवारी साधन खरिद, इनफोर्समेन्ट डिभाइसको खरिद, तथ्यांक व्यवस्थापन केन्द्रको स्थापना, चिल्ड्रेन्स ट्राफिक एजुकेशन पार्कको निर्माण, सञ्चार साधान खरिद, लगायतका काम गर्ने योजना बनाएको छ ।

दोश्रो चरणको यो कार्यक्रम आर्थिक बर्ष २०७४र७५ देखि २०७६र७७ सम्म तीन बर्ष सञ्चालन हुनेछ । तेश्रो चरणको कार्यक्रम भने आर्थिक बर्ष २०७७र७८ देखि २०७८र७९ सम्म सञ्चालन हुनेछ । ३ अर्ब ४० करोड ९० लाख ५३ हजारको लागतमा सो दुई वर्षभित्रै इन्टेलिजेन्ट ट्राफिक मेनेजमेन्ट सर्भिस विस्तार गरिहनेछ । महानगरिय ट्राफिक प्रहरीका लागि आधुनिक भवनको निर्माण गरिनेछ भने सुबिधा सम्पन्न ट्राफिक अध्ययन केन्द्रको पनि निर्माण सम्पन्न गरिनेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।