logo

आर्थिक वर्ष २०७६र०७७ का लागि चालु वर्षको भन्दा कम बजेट छुट्याएको भन्दै विद्युत प्राधिकरणको असन्तुष्टी

    1201   पटक पढिएको

२७ बैशाख /अर्थ र व्यापार - नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०७६र०७७ का लागि १५ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । २०७५ र ०७६का लागि भने २५ अर्ब रुपैयाँ बजेट छुट्याइएको थियो । चार वर्षभित्र देशभर विद्युतीकरण गर्ने महत्वकांक्षी लक्ष्य लिएको सरकारले लक्ष्य कार्यान्वयन गर्ने निकाय विद्युत प्राधिकरणलाईनै चालु वर्षको भन्दा १० अर्ब रुपैयाँ कम बजेट छुट्याएपछि प्राधिकरणले असन्तुष्टी जनाएको थियो ।

अर्थमन्त्रालयले प्राधिकरणलाई बोलाएर चार वर्ष भित्र सबै नागरिकलाई विद्युत सेवा दिन छुट्टै कार्यक्रम ल्याउने भनेपछि प्राधिकरणको भागमा आउने आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ मात्रै बजेट हुने प्राधिकरण स्रोतले बतायो । प्राधिकरणसँग छलफल भएपछि सरकारले नीति तथा कार्यक्रममै उज्यालो अभियानलाई निरन्तरता दिदै ४ वर्षभित्र सबै नेपालीलाई स्वच्छ उर्जा दिने घोषणा गरिसकेको छ । उक्त कार्यक्रमको लागि सरकारले छुट्टै बजेट व्यवस्थापन गर्नेछ ।

आगामी वर्षको बजेटमा सरकारले प्राधिकरणलाई आन्तरिक स्रोतबाट १५ अर्ब रुपैयाँ मात्र बजेट छुट्ट्याएपनि विदेशी ऋण भने ४५ अर्ब रुपैयाँ दिने तयारी गरेको स्रोतको भनाई छ । प्राधिकरणले त्यस्तो सहुलियतपूर्ण ऋणलाई प्रसारणलाइन निर्माण र केही जलविद्युत आयोजनामा पनि लगानी गर्ने छ । आन्तरिक बजेटबाट भने प्राधिकरणले सवस्टेशन स्तरोन्नती, ग्रामीण तथा सामुदायिक विद्युतीकरणका कार्यक्रम खर्च गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।