logo

काठमाडौंमा मंगलबार अष्ट्रेलियन एजुकेशन फेयर हुने

    1616   पटक पढिएको

३० साउन / अर्थ र व्यापार – एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको आयोजनामा अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । साउन ३१ गते होटल अन्नपूर्ण काठमाडौंंमा हुने फेयरमा अष्ट्रेलियाका १६ वटा विश्वविद्यालय तथा क्याम्पसहरुको प्रतिनिधित्व रहने छ । वर्षको तीनपटक अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्दै आएको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका अनुसार यो फेयर अन्यभन्दा पृथक हुनेछ ।

सर्भिसेजका प्रवन्ध निर्देशक खेम संग्रौलाका अनुसार एकै पटक १६ वटा युनिभर्सिटीको उपस्थिति भएको यो पहिलोपटक हो । सम्वन्धित कलेज र युनिभर्सिटीका रिजनल म्यानेजर, स्टुडेण्ट म्यानेजर, प्रोफेसर, एकेडेमीक प्रमुख लगायतको उपस्थित रहने छन् । फेयरमा अष्ट्रेलिया, अष्ट्रेलियाको शैक्षिक पद्धति र संस्थाहरु, शैक्षिक सुविधा, अष्ट्रेलियामा पढ्दा झेल्नु पर्ने चुनौतीहरुका विषयमा विद्यार्थीले परामर्श प्राप्त गर्छन् ।

फेयरमा उपस्थित रहेका अष्ट्रेलियन विश्वविद्यालय र क्याम्पसका प्रतिनिधिसँग विद्यार्थीहरुको प्रत्यक्ष संवाद हुनेहुँदा अष्ट्रेलिया पुगेपछि भनिए अनुसारको सुविधा प्राप्त नभए विद्यार्थीहरुले सजिलै दावी गर्न सक्नेछन् । फेयरले कन्सल्टेन्सिहरु धाउँदै हिड्नु पर्ने बाध्यतालाई थोरै भए पनि हल गर्ने छ । किनकि १६ वटा युनिभर्सिटी तथा कलेजहरुको विषयमा विद्यार्थीहरुले केही घण्टामै बुझ्न पाउनेछन् ।

फेयर बिहान एघार बजेबाट दिउँसो चार बजेसम्म सञ्चालन हुने छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।