logo

उखु किसानमाथि चरम अन्याय, पाएनन् पसिनाको मुल्य, सरकार मुकदर्शक

    1613   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार– उखु किसानहरुले हरेक बर्ष आफ्नो पसिनाको मुल्य पाउँनकै लागी काठमाडौं धाउनु परेको छ । 

आइतबार पनि उखु किसानहरुले वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री लेखराज भट्ट समक्ष मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै ज्ञापनपत्र बुझाएका छन् ।  

आफ्नो पसिनाको मुल्य पाउनकै लागी मन्त्रालयसम्मै हारगुहार गर्न आईपुगेका किसानहरु भुक्तानी नपाए मंसिर २७ गतेदेखि आन्दोलन गर्ने तयारीका साथ काठमाडौं आएका हुन् । 

किसानहरुले मिलहरुले आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानी तत्कालै नदिए मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा समेत गरेका छन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मुकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताए ।

अध्यक्ष रायले किसानको पसिनाको मूल्य नदिने उद्योगीहरुलाई सरकारले संरक्षण गरेको उनको आरोप छ । उनले उखु किसानहरुले बर्षेनु आफ्नो पसिनाको मुल्य लिनकै लागी काठमाडौंमा धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए ।

फेरी एकपटक आपुर्ती मन्त्री भट्टले बन्द भएका उद्यागको जायजेथा बेचेर भएपनि किसानको रकम दिलाउने प्रतिवद्धता दोहो¥याए छन् । मन्त्री भट्टले किसानको उखु किनेर समयमै रकम भुक्तानी नगर्ने उद्योगीलाई गिरफ्तार गरिने बताए । 

मन्त्री भट्टले किसानहरुको समस्या जसरी पनि समाधान गरिने भन्दै आन्दोलन नगर्न कृषकहरुलाई आग्रह गरे । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।