logo

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विभिन्न सुधारका प्रयास सुरु, ९० लाखको कार्पेट हालिदै

    1680   पटक पढिएको

२७ मंसिर/ अर्थ र व्यापार - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विभिन्न सुधारका प्रयास सुरु भएका छन् । विमानस्थल अस्तब्यस्त र फोहोर भएको भएको गुनासो चर्को भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगतको विमानस्थल कार्यालयले सुधारको काम तीव्र बनाएको हो ।

विमानस्थलको प्रस्थानतर्फ अहिले धमाधम कार्पे्टिङ भइरहेको छ । झण्डै ९० लाख रुपैयाँ खर्चिएर विमानस्थलको प्रस्थान कक्ष र अध्यागमन जेकजाँच कक्षमा कार्पेटिङ् गर्ने काम अन्तिम चरणमा पुगेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।यस्तै विमानस्थल विमानस्थलले यात्रु र विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै आन्तरिक उडानतर्फ अन्तर्राष्ट्रयस्तरको नयाँ सुरक्षा जाँच केन्द्र स्थापना गरेको छ । विमानस्थलको आन्तरिक टर्मिनलको गेटबाट भित्रने स्थानमा सुरक्षा जाँच केन्द्रको स्थापना गरिएको छ । यसले विमानस्थलको सुरक्षालाई प्रभावकारी बन्ने   क्षेत्रिको दावी छ ।

यसअघि आन्तरिकतर्फ प्रस्थानमा मात्रै सुरक्षाजाँच हुन्थ्यो । अब विमानस्थल प्रवेशस्थलमै अन्तराष्ट्रिय स्तरको सुरक्षा जाँच केन्द्र स्थापना गरिएको छ । यहाँ पास रिर्डर, लगेज एक्स–रे र वाक थ्रो एक्स–रे छन् । अहिलेसम्म प्रहरीले हातले जाँच गर्दैमा अब विश्वसनीय प्रविधिको प्रयोग सुरु भएको छ ।

विमानस्थलका प्रमुख क्षेत्रीले विमानस्थलको पार्किङ व्यवस्थापनसहित भित्री भागहरु सजाउने काममा पनि लागेको बताए ।
विमानस्थलले अहिले आगमनतर्फ घडाहरु राखेको छ । ताउलोमा पानी भरेर फूलहरु सजाएर राखिएको छ । यस्तै मौलिक तवरले विमानस्थललाई व्यवस्थापन गरेर सुधारका प्रयास भइरहेको दावी क्षेत्रीको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।