logo

नेपालगञ्ज विमानस्थलमा एयर ट्राफिक जाम

    1710   पटक पढिएको

३ असोज / अर्थ र व्यापार – नेपालगञ्ज विमानस्थलमा दैनिक हवाई उडानको चाप बढेपछि एयर ट्राफिक जाम हुन थालेको छ । नेपालगञ्जबाट काठमाडौँका लागि दैनिक १० र कर्णाली अञ्चलका लागि २० वटा उडान हुन थालेपछि एयर ट्राफिक बढेको हो । हवाईजहाजको संख्या बढेपछि कर्णाली र राजधानी उडान भर्ने जहाजका लागि पार्किङ समस्यासमेत बढेको छ ।

उडान संख्या बढेसँगै एयर ट्राफिकले नेपालगञ्जको आकाशमै जहाज होल्ड गर्न थालेको छ । कर्णालीमा उडान भर्ने जहाजभन्दा नेपालगञ्ज–काठमाडौँ उडान भर्ने समयमा एयर ट्राफिक र पार्किङ समस्या बढ्ने गरेको छ । नेपालगञ्ज विमानस्थल हुँदै काठमाडाँैका लागि बुद्ध एयरका तीन, यतिका तीन, सौर्य र श्री एयरका दुईरदुई उडान दैनिक हुने गरेका छन् ।

कर्णालीका लागि तारा, सीता, यति, सिम्रिक, काष्ठमण्डपका सात जहाजले दैनिक उडान भर्दै आएका छन् । मानसरोवर यात्रीका कारण पनि हुम्लाको सिमीकोटका लागि उडान बढेका छन् । ठूला दुई जहाज अटाउने क्षमताको विमानस्थलको पार्किङस्थल छ । एकैपटक दैनिक उडान भर्ने वुद्ध, यति, सौर्य र श्रीएयर होल्डमा भएर पार्किङसमेतमा समस्या उत्पन्न भएको हो ।

साना ट्वीन अटर सातवटासम्म जहाजको क्षमता विमानस्थलमा रहेको छ । एयर ट्राफिक जाम हुन नदिन विमानस्थलले काठमाडौँबाट उडान तालिका आधा घण्टाको फरकमा राखेको छ, तर मौसम प्रतिकूल र होल्ड हुनुपर्ने अवस्थामा समस्या हुने गरेको छ । पछिल्लो समयमा नयाँ जहाज थपिएको र पर्यटक बढेपछि उडानको संख्यामा वृद्धि भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।