logo

पश्चिमाञ्चल क्षेत्रमा ९५ प्रतिशत धान रोपाइँ सकियो

    1738   पटक पढिएको

२७ साउन / अर्थ र व्यापार – पश्चिमाञ्चल क्षेत्रमा हालसम्म करिब ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । क्षेत्रीय कृषि निर्देशनालयले दिएको तथ्यांकका आधारमा पश्चिमाञ्चलका १६ जिल्ला मध्ये मनाङ र मुस्ताङबाहेक १४ जिल्लामा हालसम्म करिब ९५ प्रतिशत धान रोपाइँ भएको हो । 

पश्चिमाञ्चल क्षेत्रमा ३ लाख १५ हजार ४ सय ३८ हेक्टरमा धान खेती हुने गरेको छ । जसमध्ये हालसम्म २ लाख ९९ हजार ६ सय ६६ हेक्टर अर्थात् ९४.५ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । अझै पनि धान रोपाइँ चलिरहेकाले यो प्रतिशत केही बढ्न सक्ने छ । कपिलवस्तु, गोर्खा र लमजुङमा हालसम्म करिब ८५ प्रतिशत मात्र रोपाइँ भएको छ । 

यस वर्ष वर्षा ढिलो भएको र निर्वाचनका कारणले पनि अघिल्लो वर्षको तुलनामा करिब ४ प्रतिशत रोपाइँ कम भएको छ । मनाङ र मुस्ताङमा अध्यधिक चिसोका कारणले धान खेती हुँदैन । त्यस्तै कास्की, म्याग्दी, बाग्लुङ, रुपन्देही, पाल्पा र नवलपरासिमा यस वर्ष शतप्रतिशत धान रोपाइँ भएको छ ।

कास्कीमा २५ हजार ६ सय हेक्टरमा धान खेती हुने गरेको छ । तनहुँमा हालसम्म करिब १२ हजार ५ सय ४० अर्थात् ९५ प्रतिशत धान रोपाई भएको छ । तनहुँमा १३ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । रुपन्देहीमा ६९ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । पर्वतमा ९८ प्रतिशत, गुल्मीमा ९० प्रतिशत, अर्घाखाँचीमा ९८ प्रतिशत, कपिलवस्तुमा ८५ प्रतिशत धान रोपाइँ भएको छ ।

गोर्खामा १२ हजार ८९ हेक्टरमध्ये १० हजार २ सय ७५ हेक्टर अर्थात् ८५ प्रतिशत मात्र धान रोपाइँ भएको छ भने लमजुङमा १५ हजार ५ सय ५३ हेक्टरमध्य १३ हजार २ सय २० हेक्टरमा धान रोपिएको छ । स्याङ्जामा १६ हजार ८ सय हेक्टरमध्य १६ हजार ४ सय ६४ हेक्टरमा अर्थात ९८ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।