logo

गुल्मीमा ८८ प्रतिशत बजेट खर्च

    1816   पटक पढिएको

२ साउन / अर्थ र व्यापार –  गुल्मीमा आर्थिक वर्ष २०७३/०७४ मा चालुतर्फ ९४ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका अनुसार पुँजीगततर्फ ८८ दशमलव ९० प्रतिशत खर्च भएको छ । जिल्लाका ६३ वटा सरकारी कार्यालयको कुल बजेट दुई अर्ब ५२ करोड चार लाख ४० हजार सात सय ८१ रहेको छ । जसमा दुई अर्ब ४४ करोड ११ लाख २१ हजार खर्च भएको छ ।

गत वर्ष एक अर्ब १५ करोड ९३ लाख ८३ हजार पाँच सय पुँजीगत बजेटमा ९१ प्रतिशत अर्थात एक अर्ब छ करोड ५२ लाख पाँच हजार ६७ खर्च भएको थियो । यो प्रतिशत नेपालकै तुलनामा बढि छ । नेपालमा ६५ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ ।त्यस्तै चालु तर्फ यो बर्ष पुँजीगत भन्दा छ प्रतिशत बढि खर्च भएको छ । जिल्लामा चालु तर्फ ४ अरब २६ करोड ९० लाख ९० हजार ४ सय ६० रुपया छुटाइएको थियो । जस मध्ये ४ अरब १६ करोड ६४ लाख ९ हजार ६ सय ७९ रुपया खर्च भएको छ ।

चालु तर्फ कुल बजेट मध्ये २५ करोड २४ लाख ४० हजार ७ सय ८१ रुपया फ्रिज भएको छ । कुल बजेटको ५ दशमलभ ९१ प्रतिशत खर्च हुन बाँकी रकम रहेको छ । जिल्लामा पूँजिगत तर्फ २ अरब ४४ करोड ११ लाख १ हजार रुपया कुल बजेट मध्ये २ अरब १७ करोड ३६ लाख ५ हजार ५ सय ५८ रुपया खर्च भएको छ ।

कुल बजेट मध्ये जिल्लामा यो वर्ष २७ करोड ७ लाख ५५ हजार ४ सय ४१ रुपैँया फ्रिज भएको छ । कुल बजेट मध्ये ११ दशमलव ०९ प्रतिशत रकम खर्च हुनबाँकी रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।