logo

कीर्तिपुर नगरपालिकालाई ८० करोडको बजेट 

    2152   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – कीर्तिपुर नगरपालिकाले भूकम्पपीडितलाई घर नक्सापासमा लाग्ने कर शुल्कमा ९० प्रतिशत छुट दिने  निर्णय गरेको छ । आज सम्पन्न नगरसभाले भूकम्पपीडितको घर नक्सापासमा ९० प्रतिशत छुट दिने निर्णय गरेको हो ।यस्तै सभाले नगरवासीलाई घरजग्गा करमा १५ प्रतिशत छुट दिनेभएको छ । सभाले नयाँ आर्थिक वर्षको रु ७९ करोड ५६ लाख १४ हजार बजेट विनियोजन गरेकामा पुँजीगततर्फ ५६ रु करोड ९५ लाख र चालुतर्फ रु १२ करोड बजेट विनियोजन गरिएको छ । 

सभाले खानेपानीको लागि रु १९ करोड नगर सडकका लागि रु पाँच करोड, युवालाई स्वरोजगार बनाउनका लागि रु एक करोड, नगर बस सञ्चालन गर्न ५० लाख, सामुदायिक विद्यालयमा कम्प्युटरका लागि रु ५० लाख बजेट छुट्याएको छ । सभाले कीर्तिपुरको विकास योजना बनाउनका लागि पूर्व प्रमुख हिराकाजी महर्जनको संयोजकत्वमा कीर्तिपुर विकास परिषद्समेत गठन गरेको छ । यसैगरी सभाले वडा नं– ४ र ६ बाहेक  प्रत्येक वडामा रु ५० लाख बजेट विनियोजन गरेको छ । 

वडा नंं ४ र ६ ग्रामीण क्षेत्रमापर्ने भएकाले रु ७० लाख बजेट विनियोजन गरिएको हो । सभाले  मधुमेह र उच्च रक्तचापको वृद्धा बिरामीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । यस्तैगरी  एकै बैंकबाट दिइरहेको सामाजिक सुरक्षा भत्तालाई अन्य बैकबाट पनि दिलाउने निर्णय गरेको छ । सभाले पहिलेदेखि लिइआएको करलाई यथावत् राख्दै कर नबढाउने निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।