logo

असार मसान्तसम्मको पुँजीगत खर्च ६५ प्रतिशत मात्र 

    1480   पटक पढिएको

१ साउन / अर्थ र व्यापार – आर्थिक वर्ष ०७३–७४ मा सरकार ६५ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सफल भएको छ । आर्थिक वर्षको अन्तिम दिनसम्म यस वर्ष ६५.३२ प्रतिशत पुँजीगत खर्च भएको हो । सरकारले यस आवमा ८४ प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

शनिबार साँझसम्म कुल पुँजीगत खर्च २ खर्ब ३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । सरकारले यस आवमा ३ खर्ब ११ अर्ब ९४ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । गत आव ०७२–७३ मा पुँजीगत बजेट अनुमानको ५९.०१ प्रतिशत मात्रै खर्च भएको थियो । 

गत आवमा २ खर्ब ८ अर्ब ८८ करोड पुँजीगत खर्च विनियोजन गरेकोमा १ खर्ब २३ अर्ब २५ करोड मात्रै खर्च भएको थियो । प्रारम्भिक तथ्यांकअनुसार यस वर्ष सरकारको पुँजीगत खर्चको अनुपात गत वर्षको भन्दा कम हो ।

तर, अवधिका रूपमा पुँजीगत खर्चलाई हेर्दा कुल यथार्थ पुँजीगत खर्च भने यस वर्ष गत वर्षको तुलनामा उल्लेख्य बढेको छ । यथार्थ तथ्यांक आइपुग्दा पुँजीगत खर्च ७० प्रतिशतभन्दा माथि पुग्ने अपेक्षा गरिएको थियो ।

आव ०७३–७४ मा चालू खर्च भने ८३ दशमलव ६७ प्रतिशत भएको छ । चालूतर्फ यस वर्ष सरकारले कुल ५ खर्ब १६ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको तथ्यांक छ । यस वर्ष ६ खर्ब १७ अर्ब १७ करोड रुपैयाँ चालू खर्च गर्ने सरकारको लक्ष्य थियो । 

गत आव ०७२–७३ मा चालू बजेट ४ खर्ब ८४ अर्ब २७ करोड विनियोजन भएकोमा ३ खर्ब ७१ अर्ब २९ करोड भएको छ । गत आवमा अनुमानको ७६.६७ प्रतिशत मात्रै चालू खर्च भएको थियो । तर, चालू आवमा भएको खर्च अनुमानमा शनिबार साँझसम्म प्रणालीमा चढेको हिसाब मात्र समावेश भएकाले अन्तिम तथ्यांक फरक पर्न सक्नेछ ।

आर्थिक वर्ष ०७३–७४ मा सरकारले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । यस वर्ष सरकारले ५ खर्ब ६५ अर्ब ८९ करोड ५० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । आवको अन्तिम दिनसम्म लक्ष्यको १०७.३८ प्रतिशत राजस्व संकलन भएको छ ।

यस वर्ष सरकारको खातामा ६ खर्ब ७ खर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । आव ०७२–७३ मा ५ खर्ब १७ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । सरकारले सन् ०७१–७२ मा ४ खर्ब ४८ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

वित्तीय व्यवस्थातर्फ यस वर्ष ८५.८३ प्रतिशत खर्च भएको छ । १ खर्ब १९ अर्ब ८१ करोड वित्तीय व्यवस्था खर्चको लक्ष्य राखेको सरकारले आवको अन्त्यसम्म १ खर्ब २ अर्ब ८३ करोड रुपैयाँ वित्तीय व्यवस्था खर्च गर्न सकेको छ । आर्थिक वर्ष ०७२–७३ मा वित्तीय व्यवस्थातर्फ १ खर्ब ६ अर्ब ४७ करोड खर्च भएको थियो ।

यस वर्ष सरकारले कुल बजेटको ७८ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । कुल ८ खर्ब २२ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको छ । यस वर्ष १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँ गर्ने लक्ष्य सरकारको थियो । गत आव ०७२/७३ मा नेपाल सरकारको कुल ७३.३४ प्रतिशत बजेट खर्च भएको थियो । सो आवमा ८ खर्ब १९ अर्ब ४६ करोड बजेट विनियोजन भएकोमा ६ खर्ब १ अर्ब १ करोड मात्रै खर्च भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।