logo

असार मसान्तसम्मको पुँजीगत खर्च ६५ प्रतिशत मात्र 

    1573   पटक पढिएको

१ साउन / अर्थ र व्यापार – आर्थिक वर्ष ०७३–७४ मा सरकार ६५ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सफल भएको छ । आर्थिक वर्षको अन्तिम दिनसम्म यस वर्ष ६५.३२ प्रतिशत पुँजीगत खर्च भएको हो । सरकारले यस आवमा ८४ प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

शनिबार साँझसम्म कुल पुँजीगत खर्च २ खर्ब ३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । सरकारले यस आवमा ३ खर्ब ११ अर्ब ९४ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । गत आव ०७२–७३ मा पुँजीगत बजेट अनुमानको ५९.०१ प्रतिशत मात्रै खर्च भएको थियो । 

गत आवमा २ खर्ब ८ अर्ब ८८ करोड पुँजीगत खर्च विनियोजन गरेकोमा १ खर्ब २३ अर्ब २५ करोड मात्रै खर्च भएको थियो । प्रारम्भिक तथ्यांकअनुसार यस वर्ष सरकारको पुँजीगत खर्चको अनुपात गत वर्षको भन्दा कम हो ।

तर, अवधिका रूपमा पुँजीगत खर्चलाई हेर्दा कुल यथार्थ पुँजीगत खर्च भने यस वर्ष गत वर्षको तुलनामा उल्लेख्य बढेको छ । यथार्थ तथ्यांक आइपुग्दा पुँजीगत खर्च ७० प्रतिशतभन्दा माथि पुग्ने अपेक्षा गरिएको थियो ।

आव ०७३–७४ मा चालू खर्च भने ८३ दशमलव ६७ प्रतिशत भएको छ । चालूतर्फ यस वर्ष सरकारले कुल ५ खर्ब १६ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको तथ्यांक छ । यस वर्ष ६ खर्ब १७ अर्ब १७ करोड रुपैयाँ चालू खर्च गर्ने सरकारको लक्ष्य थियो । 

गत आव ०७२–७३ मा चालू बजेट ४ खर्ब ८४ अर्ब २७ करोड विनियोजन भएकोमा ३ खर्ब ७१ अर्ब २९ करोड भएको छ । गत आवमा अनुमानको ७६.६७ प्रतिशत मात्रै चालू खर्च भएको थियो । तर, चालू आवमा भएको खर्च अनुमानमा शनिबार साँझसम्म प्रणालीमा चढेको हिसाब मात्र समावेश भएकाले अन्तिम तथ्यांक फरक पर्न सक्नेछ ।

आर्थिक वर्ष ०७३–७४ मा सरकारले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । यस वर्ष सरकारले ५ खर्ब ६५ अर्ब ८९ करोड ५० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । आवको अन्तिम दिनसम्म लक्ष्यको १०७.३८ प्रतिशत राजस्व संकलन भएको छ ।

यस वर्ष सरकारको खातामा ६ खर्ब ७ खर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । आव ०७२–७३ मा ५ खर्ब १७ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । सरकारले सन् ०७१–७२ मा ४ खर्ब ४८ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

वित्तीय व्यवस्थातर्फ यस वर्ष ८५.८३ प्रतिशत खर्च भएको छ । १ खर्ब १९ अर्ब ८१ करोड वित्तीय व्यवस्था खर्चको लक्ष्य राखेको सरकारले आवको अन्त्यसम्म १ खर्ब २ अर्ब ८३ करोड रुपैयाँ वित्तीय व्यवस्था खर्च गर्न सकेको छ । आर्थिक वर्ष ०७२–७३ मा वित्तीय व्यवस्थातर्फ १ खर्ब ६ अर्ब ४७ करोड खर्च भएको थियो ।

यस वर्ष सरकारले कुल बजेटको ७८ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । कुल ८ खर्ब २२ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको छ । यस वर्ष १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँ गर्ने लक्ष्य सरकारको थियो । गत आव ०७२/७३ मा नेपाल सरकारको कुल ७३.३४ प्रतिशत बजेट खर्च भएको थियो । सो आवमा ८ खर्ब १९ अर्ब ४६ करोड बजेट विनियोजन भएकोमा ६ खर्ब १ अर्ब १ करोड मात्रै खर्च भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।