logo

सैनामैना नगरपालिकाको बजेट ५४ करोड ६७ लाख

    1961   पटक पढिएको

७ भदौ / अर्थ र व्यापार – रुपन्देहीको सैनामैना नगरपालिकाले चालु आर्थिक वर्ष २०७४÷२०७५ का लागि ५४ करोड ६७ लाख १३ हजार ५ सय ८४ बजेट ल्याएको छ । बजेटमा चालु खर्च १७ करोड ५६ लाख ३१ हजार ४ सय ४० र पूँजीगत खर्च २६ करोड ५७ लाख १४ हजार १ सय ४४ विनियोजन गरिएको छ । 

नगरप्रमुख चित्रबहादुर कार्कीले मंगलबार बजेट प्रस्तुत गरे । बजेटमा प्रत्येक वडालाई ५ करोड ८३ लाख ४९ हजार ७ सय रकम विनियोजन गरिएको छ । जसमा सबैभन्दा बढी वडा नम्बर १० मा ६० लाख ७० हजार ६ सय र सबैभन्दा कम वडा नम्बर ८ मा ४२ लाख ६४ हजार ३ सय रकम विनियोजन गरिएको छ । फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि रिसाइकल र ल्याण्डफिल साइटका लागि पचास लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाले खानेपानी र सरसफाईका लागि ७५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । खानेपानी संस्था र समितिले वार्षिक आम्दानीको दश प्रतिशत अनिवार्य सरसफाई क्षेत्रमा लगाउनुपर्ने बजेटमा व्यवस्था गरिएको छ । मूख्य सडक कालोपत्रेका लागि ६ करोड ७३ लाख ४१ हजार १ सय रुपैयाँ रकम विनियोजन गरिएको छ । कृषि तथा पशुपालनका लागि १ करोड ३५ लाख ७७ हजार रुपैयाँ रकम विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रको कार्यक्रममा ९ करोड ८६ लाख ६९ हजार ३ सय विनियोजन भएको छ । यसैगरी बजेट विनियोजन कार्यक्रममा पर्रोहा स्वास्थ चौकीलाई १५ शैय्याको अस्पतालका रुपमा स्तरोन्नती गरिने उल्लेख छ । स्थानिय समुदाय र नेपाली सेनाको सहकार्यमा सर्पदंश अस्पताल निर्माणका लागि २० लाख रकम विनियोजन गरिएको छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि १ करोड ७९ लाख ३ हजार रकम विनियोजन गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।