logo

कानून पालना नगर्ने ५ सय ९ करदाता कारबाहीमा

    1891   पटक पढिएको

४ असोज / अर्थ र व्यापार – आन्तरिक राजस्व विभागले आफू अन्तर्गतका कार्यालयहरुमार्फत बजार घअनुगमनलाई तिव्रता दिएको छ । मातहतका ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि सुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३–३ वटा टोली परिचालन गरिएकोे छ ।

बजार अनुगमन नियमित कार्य भएको भन्दै विभागले चाडवाडको समयमा बढी कारोबार हुने र सो क्रममा बिल विजक जारी नहुने गुनासो धेरैतिरबाट आउने भएकोले बजार अनुगमनलाई तिव्रता दिएको हो । ६ दिनमा ३६६ टोलीबाट ३१८६ वटा करदाताको अनुगमन गर्दा कर कघानून पालना नगर्ने ५०९ करदाता कारबाहीमा परेका छन् ।

जसअनुसार भदौ २७ गतेका दिन मात्र ८४ वटा अनुगमन टोलीले ३८५ वटा करदाताको अनुगमन गरी ४० वटा करदाताहरुलाई कारोवार स्थलमै तत्काल कानूनी कारवाही गरिएको छ । अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोवार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद भएको छ ।

त्यसैगरी भदौ २८ गतेका दिन ६७ वटा टोलीले ६७२ वटा करदाताको कारोवार स्थल आकस्मिक रुपमा अनुगमन गरेकोमा कानून परिपालना नगरेका १२७ करदातालाई जरिवाना गरेको छ । भदौ २९ गते ६५ वटा अनुगमन टोलीले ६५० वटा करदाताको अनुगमन गरेकोमा १०३ वटा करदाता कारबाहीमा परेका छन् ।

भदौ ३० गते ५० वटा टोलीले ४८१ वटा करदाताको अनुगमन गरेर ७३ जनालाई कारवाही गरेको तथा असोज १ गते ४८ वटा टोलीले ४७८ करदाताको अनुगमन गर्दा ७१ करदाताले कर कानुनको परिपालना नगरेको देखिँदा कार्यस्थलमै कारवाही गरिएको छ ।

त्यस्तै नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोवार गरेको, घरबहाल कर दाखिला नगरेको, विल विजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकोले कानूनी कारवाही गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।