logo

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ३९ करोड

    1426   पटक पढिएको

२६ भदौ / अर्थ र व्यापार – विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब ३८ करोड ८९ लाख रुपैयाँको बजेट पारित गरेको छ । भदौ २३ देखि २५ सम्म भएको महानगरपालिकाको प्रथम महानगरसभामा सर्वसम्मतिले बजेट पारित भएको हो । 

विनियोजित कुल खर्चमध्ये भौतिक पूर्वाधारको निर्माणका लागि ९२ करोड ५१ लाख, महानगरपालिकाको चालु खर्चका लागि २० करोड ८७ लाख, विषयगत कार्यालयको चालु खर्चका लागि २६ करोड ७१ लाख र सामाजिक विकास एवम् लक्षित कार्यक्रमका लागि ११ करोड ५६ लाख विनियोजन गरिएको छ ।

पहिलो महानगर सभाले प्रमुख, उपप्रमुख लगायतका कुनै जनप्रतिनिधिको तलब र सेवासुविधा तोकेन । सरकारले स्थानीय तह सञ्चालन जारी गर्ने तयारी गरिरहेको छ । यो कार्यविधि जारी भएपछि मात्र तोकिए बमोजिमका सेवासुविधाको निर्णय गरिनेछ । 

जनप्रतिनिधिले बैठक भत्ताबापत एक बैठकको १ हजारमात्र लिइरहेको छ । यसबाहेक पत्रपत्रिका, टेलिफोन लगायतका कुनै सुविधा लिएका छैनन् । विराटनगरलाई प्रादेशिक राजधानी बनाउने अवधारणा अनुसार भौतिक पूर्वाधारका निर्माणमा जोड दिइनेछ ।

यसका लागि प्रादेशिक कन्फरेन्स हल, खेलकुदका लागि अन्तर्रािष्ट्रय स्तरको रङ्गशाला र स्विमिङ पुल र क्षेत्रविशेषलाई पर्यटकीय स्थल बनाउने योजना राखिएका छन् । प्रादेशिक कन्फरेन्स हलका लागि सरकारले ३५ करोड रुपैयाँ निकासा गरिसकेको छ । यस्तो हल कम्तीमा ३ बिघा जमिनमा निर्माण गरिने छ । निर्माण सुरु गरिएपछि सरकारले १५ करोड थप निकासा दिनेछ ।
 
साथै महानगरको वडा नंं. १९ मा रहेको रङ्गशालालाई अन्तर्रा्ष्ट्रिय मापदण्डको बनाउने योजना छ । वडा नम्बर १८ मा पर्ने विराट राजाको दरबारमा पुरातात्विक र १९ मा खेलकुद क्षेत्रको महत्त्वको पर्यटकीय क्षेत्र बनाउन योजना बनाइएको छ । 

कुनै पनि महानगरवासी दम्पतीको छोरी जन्मिएमा तिनले महानगरपालिकाबाट ३ हजार रुपैयाँको पुरस्कार पाउने छन् । छोरी बचाउ कार्यक्रमअन्तर्गत महानगरपालिकाले यस्तो निर्णय गरेको हो । गर्भमै भ्रूणको लिङ्गको पहिचान गरेर गर्भपतन गर्ने कार्यलाई निरूत्साहित गर्न महानगरले यस्तो कार्यक्रम ल्याएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।