logo

८३ मेगावाट बराबरका १९ आयोजनाको पिपिए खारेज

    1626   पटक पढिएको

२० भदौ / अर्थ र व्यापार – नेपाल विद्युत् प्राधिकरणले समयमा काम नगर्ने १९ वटा जलविद्युत् कम्पनीको आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खारेज गरेको छ । प्राधिकरणसँग पिपिए र सर्भे लाइसेन्स लिएका आयोजनाहरूले काम अगाडि नबढाएपछि आव ०७३÷७४ मा प्राधिकरणले ८३ मेगावाटबराबरका पिपिए खारेज गरेको हो ।

तीमध्ये तीनवटा आयोजनाहरू विद्युत् लाइसेन्स लिनका लागि विद्युत् विकास विभागमा ‘जेनेरेसन लाइसेन्स’ लिने प्रक्रियामा नपु¥याएका कारण रद्द भएका छन् ।(टत्यस्तै बाँकी १६ वटा आयोजनालाई प्राधिकरणले वित्तीय व्यवस्थापन गर्न नसकेको द्धन्दै पिपिए रद्द गरेको हो । रद्द भएका आयोजनाहरूमा ४ सय किलोवाट क्षमतादेखि १० मेगावाट क्षमतासम्मका रहेका छन् ।

यीमध्ये अस्मिता हाइड्रोपावरले रामेछाप जिल्लाको टोकार्दो खोलामा निर्माणाधीन ४ सय किलोवाटको माइक्रो हाइड्रो, अन्नपूर्ण ग्रुपले कास्कीमा निर्माण गर्न लागेको १० मेगावाटको मोदी १ आयोजना रहेको छ । मोदी १ लाई धेरैपटक ताकेता गर्दा पनि काम अगाडि नबढाएपछि प्राधिकरणले पिपिए खारेज गरेको छ । विभागले प्राधिकरणको सिफारिसमा जेनेरेसन लाइसेन्स खारेज गरेको हो ।

विद्युत् प्राधिकरणले पिपिए गरेर सर्भे लाइसेन्स लिन प्रक्रिया नर्पुयाएका कारण पिपिए रद्द गर्छ । त्यस्तै प्राधिकरणकै सिफारिसमा जेनेरेसन लाइसेन्स वितरण गर्नवाट रोकिएको छ । धेरै आयोजनाहरूले खोला ओगट्न मात्र लाइसेन्स होल्ड गरेर बस्ने गरेको र वित्तीय विवरण प्रस्तुत गर्न नसकेर काम अगाडि नबढ्दा लाइसेन्स खारेजीको प्रक्रियामा अगाडि बढ्ने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।