logo

नेपालसँग हवाई सम्पर्क बढाउन भियतनाम सकारात्मक

    124   पटक पढिएको


८ भदौ/अर्थ र व्यापार – भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा भियतनामका अधिकारीहरुले हवाई सम्पर्क बढाउन र पर्यटन प्रवर्धनका लागि सकारात्मक सन्देश दिएका हुन् ।
आइतबार बिहान काठमाडौंको होटल याक एन्ड यतिमा सम्पन्न भेटवार्तामा व्यापार, लगानी, जलविद्युत्, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल भएको बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एशिया प्रशान्त महाशाखाका प्रमुख प्रकाश अधिकारीले वार्तामा नेपाल–भियतनाम सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका समग्र विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार दुवै पक्षले मित्रता, सद्भावना र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे ।
भेटवार्तामा उच्च तहमा भ्रमण आदानप्रदान, सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवर्धनका लागि एयर कनेक्टिभिटी (हवाई सम्पर्क) बढाउनुका साथै व्यापार, लगानी र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भएको अधिकारीले जानकारी दिए ।
‘सांस्कृतिक, धार्मिक समानता र बुद्ध धर्म दुवै देशको सम्बन्धको सेतुको रुपमा रहेकाले धार्मिक, सांस्कृतिक पर्यटन प्रवर्धन गर्नको लागि प्रचुर सम्भावना रहेकोबारे पनि छलफल भएको छ,’ अधिकारीले भने, ‘दुई देशबीच पयर्टन प्रवर्धन गर्नका लागि निकट भविष्यमा एयर कनेक्टिभिटी बढाउनका लागि आपसी छलफल गर्ने कुराकानी समेत भएको छ ।’
नेपालका उपराष्ट्रपति यादवको निमन्त्रणामा भियतनामकी उपराष्ट्रपति थी आन्ह सुआन शनिवार काठमाडौं आएकी थिइन् । यो भियतनामबाट भएको नेपालको पहिलो उच्चस्तरीय भ्रमण हो ।
नेपाल आएलगत्तै सुआनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गरेकी थिइन् । सो अवसरमा राणाले भियतनामलाई भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान सुरु गर्न प्रस्ताव गरेकी थिइन् ।

उपराष्ट्रपति सुआनले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग र सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । तीनदिने नेपाल भ्रमणमा आएकी उनी सोमबार स्वदेश फर्किने छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।