२८ साउन / अर्थ र व्यापार- नेपालको आरडिएस ईन्भेष्टमेण्ट प्रा.लि.र भुटानको आई डिजायर प्रा.लि. बिच नेपालको पर्यटन र शिक्षा क्षेत्रमा मिलेर काम गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।
सो सम्बन्धि सम्झौता पत्रमा आरडिएस ईन्भेष्टमेण्ट प्रा.लि.का प्रबन्ध निर्देशक शैलेन्द्र लामिछाने र भुटानको आई डिजायर प्रा.लि.का अध्यक्ष पर्शुराम विश्वले हस्ताक्षर गरे । यस सम्झौतापश्चात आगामी दिनमा दुवै कम्पनीले नेपालको पर्यटन र शिक्षा क्षेत्रमा संयुक्त रुपमा मिलेर काम गर्ने छन् ।
तपाईको प्रतिक्रिया