logo

इम्सन अध्यक्षमा पुनः श्रेष्ठ

    665   पटक पढिएको


१२ माघ/अर्थ र व्यापार – आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल ( इम्सन)को अध्यक्षमा पुनः रामराजा श्रेष्ठ चयन भएका छन् । संस्थाको सातौँ वार्षिक साधारणसभाले बिजखबर डट कमका प्रतिनिधि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
इम्सनको उपाध्यक्षमा इक्विटी नेपाल डट कमका लोचन खतिवडा र टक्सार म्यागजिनका हिम बिष्ट चयन भएका छन् । यसैगरी, महासचिवमा सिंहदरबार डट कमका नारायण पौडेल पुनः दोहोरिएका छन् ।
त्यसैगरी, सचिवमा अर्थ पथ डटकमका विष्णु तारुके, कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी, सहसचिवमा आर्थिक आवाज डटकमका सुरेन्द्र पौडेल चयन भएका छन् । यस्तै, संस्थाको सदस्यहरूमा अर्थ संसार डटकमका मिलन खड्का, आर्थिक पार्टी डट कमका मदन लामिछाने, मेरो अटो डटकमका उज्ज्वल घिमिरे र हाम्रो अर्थ डटकमका दीपक भट्ट सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार सम्पन्न साधारणसभाले आगामी दुई वर्षकालागि नयाँ कार्यसमिति चयन गरेको हो । इम्सनले देशमा आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबिच रहेर पुलको काम गर्दै आएको जनाएको छ । नवनिर्वाचित अध्यक्ष रामराजा श्रेष्ठले आगामी कार्यकालमा आर्थिक मिडिया सञ्चालकहरूको हितमा काम गर्दै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउन सहयोगी भूमिका खेल्ने बताए । अहिले यस संस्थामा २७ वटा आर्थिक मिडिया आबद्ध छन्।
संस्थाको पहिलो कार्यसमिति बैठकले अनुशासन समितिको संयोजकमा न्युज एजेन्सी नेपालका सविन धमलालाई चयन गरेको छ । आचारसंहिता समितिको संयोजकमा आर्थिक भ्वाइस डटकमका विजय फुँयाललाई चयन गरेको इम्सनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।