logo

भारी वर्षाले जलमग्न काठमाडौं उपत्यका, सवारी आवागमन प्रभावित

    685   पटक पढिएको


२२ साउन/अर्थ र व्यापार – सोमबार अपराह्नदेखिको वर्षाले काठमाडौं जलमग्न भएको छ । भारी वर्षाले काठमाडौ उपत्यकाभित्रका होचा भागका केही सडकहरु खोला जस्ता देखिएका छ्रन् । बस्तीहरु डुबानमा छन् । जताततै भेलबाढीले गर्दा सवारी आवागमनसमेत प्रभावित भएको छ ।
बागमती नदीमा बाढी आएकाले किनारका सडक र बस्ती पनि डुबानमा परेका छन् । युनएनपार्क क्षेत्र र सानेपा क्षेत्रको बागमती करिडोर सडक जलमग्न छ । ललितपुर महानगरपालिका – १ को आधारभूत स्वास्थ्य केन्द्रमा बाढी पसेको छ । कुपोण्डोलस्थित ललितपुर महानगरपालिकाको वडा कार्यालय पनि डुबानमा परेको छ ।
यसैगरी, काठमाडौ उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंका स्वयम्भु, सानो भ¥याङ, ठूलो भ¥याङ, लैनचौर, पुतलीसडक, माइतीघर, कोटेश्वर लगायतका मुख्य सडक र सहायक सडकहरु डुबानमा परेका छन् । कुलेश्वर, कालीमाटी क्षेत्र पनि डुबानमा परेका छन् ।
जताततै भेलबाढीले गर्दा पैदलयात्रु र दुई पांग्रे सवारी चालकहरु बढी प्रभावित भएका छन् । वाग्मती नदीको गौरीघाट, मनोहरा र खोकना जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसहत बढ्दो क्रममै रहेकोले सतर्कता अपनाउन जल तथा मोसम विज्ञान विभागले अनुरोध गरेको छ ।

हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । साथै वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै सबै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।