logo

१३ फागुनबाट आन्दोलनमा उत्रिँदै किसान, माग पूरा नभएसम्म जारी राख्ने चेतावनी

    818   पटक पढिएको


१० फागुन/अर्थ र व्यापार – दूध उत्पादक किसानहरूले आगामी फागुन १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किसानहरूले आफ्ना १६ बुँदे माग पुरा गराउन आगामी आइतबारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
दुग्ध विकास संस्थान लगायत निजी डेरी उद्योगहरुले दुधको करिब ६ अर्ब बक्यौता रकम भुक्तानी नगरेको भन्दै किसानहरूले सो दिनदेखि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । किसानले आगामी १३ देखि १७ फागुनसम्म निरन्तर आन्दोलन गर्ने र त्यसपछि पनि माग पुरा नभएसम्म राजमार्गहरूमा चक्काजामदेखि धर्ना तथा विरोध प्रदर्शन गर्ने बताएका छन् ।
सो आन्दोलन नेपाल किसान महासंघ तथा राष्ट्रिय किसान सञ्जाल र अखिल नेपाल किसान महासंघको पहलमा हुन लागेको हो । किसानले १३ फागुनमा राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष मागपत्र प्रस्तुत गरी संसदीय दलका प्रमुख सचेतकहरूलाई मागहरू बारे जानकारी गराउँदै छन् ।यसैगरी, १४ फागुनमा मागहरूका बारेमा संघीय संसद कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, आगामी १४ र १५ १० फागुनमा ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा बिहान १० देखि १२ बजेसम्म नारा जुलुशसहित धर्ना दिने र ज्ञापनपत्र बुझाउने बताइएको छ ।
त्यसैगरी, आगामी १६ फागुनमा दुग्ध किसानका मागहरू प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई बुझाउने र १७ फागुनको बिहान १० बजेदेखि १२ बजेसम्म मुख्य राजमार्गहरुमा शान्तिपूर्ण रुपमा चक्काजाम गराउने किसानहरूले बताएका छन् ।
त्यसपछि आगामी २१ फागुनदेखि भने माग पूरा नभएसम्म माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन निरन्तर जारी राख्ने किसानहरूको चेतावनी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।