logo

चुहावट घट्दा पनि १७ करोड युनिट विद्युत् खेर

    1558   पटक पढिएको

२४ साउन / अर्थ र व्यापार – नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गतका आठ वितरण केन्द्रमा मात्रै १७ करोड १९ लाख २२ हजार ५४ युनिट विद्युत् खेर गएको छ । आर्थिक वर्ष २०७३/७४ मा सो वितरण केन्द्रलाई एक अर्ब ११ करोड ७२ लाख तीन हजार ९६ युनिट विद्युत् उपलब्ध गराएको थियो । त्यसमध्ये उक्त परिमाणको विद्युत् खेर गएकोे छ ।

चुहावट नियन्त्रणको प्रयास निरन्तर अगाडि बढे पनि उल्लेख्य मात्रामा चुहावट भइरहेको भन्दै आगामी छ महिनाभित्र परिणाम देखिने गरी चुहावट नियन्त्रण नगरे सम्बन्धित वितरण केन्द्र र क्षेत्रीय प्रमुखलाई कारबाहीको दायरामा ल्याउने छ ।

उक्त क्षेत्रीय कार्यालयलाई आव २०७२/७३ मा ८१ करोड ३१ लाख ८१ हजार ७२५ युनिट विद्युत् उपलब्ध गराएकामा १४ करोड ८४ लाख ४७ हजार ९७४ युनिट विद्युत् खेर गएको छ । सो आवमा सो क्षेत्रीय कार्यालयले ६६ करोड ४७ लाख ३३ हजार ७५१ युनिट विद्युुत् बिक्री गरेको थियो ।

गौरमा तीन करोड ७६ लाख ५२ हजार ५८१ युनिट विद्युत् खेर गएको छ । सिमरामा एक करोड ३० लाख नौ हजार ८१७ युनिट, पालुङमा ११ लाख ६८ हजार ६८९, वीरगञ्ज चार करोड ३० लाख ७८३, कलैयामा चार करोड एक लाख ७५ हजार ५८४, हेटौँडामा एक करोड ८७ लाख ५९ हजार ५४६, टाँडीमा ८३ लाख १० हजार ७२१ युनिट र भरतपुरमा ९८ लाख ४४ हजार ३३३ युनिट विद्युत् खेर गएको छ ।

हेटौंडा क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रले दुई प्रतिशत चुहावट घटाउनु भनेको अन्य क्षेत्रीय कार्यालयको तुलनामा दश प्रतिशतभन्दा बढी हुने भएकाले जुनसुकै शर्तमा पनि चुहावट नियन्त्रण गर्नुपर्ने छ । प्राधिकरणले कलैया वितरण केन्द्रलाई दिएको योजनाअनुसार चुहावट घटाउन असफल भएको छ । सो वितरण केन्द्रको आव २०७२/७३ मा ५०.३६ प्रतिशत चुहावट रहेकामा आव २०७३/७४ मा ६.७० प्रतिशत बढेर ५६.७० पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।