logo

धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष ढकाल एसियन प्रोफेसनल योङ ईन्टरप्रेनियर्स अवार्ड वाट सम्मानित

    1222   पटक पढिएको

२८ असोज / अर्थ र व्यापार- धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ ईन्टरपे्रनियर्स अवार्डबाट सम्मानित भएका छन् । युवा उद्यमशिलतामार्फत कृषि, व्यापार र समाज सेवामा योगदान पुर्याएवापत ढकाललाई “एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड” अन्तर्गतको “योङ ईन्टरप्रेनियर्स अवार्ड” प्रदान गरिएको हो ।

सिजन मिडियाको आयोजनामा गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्मान सहित उक्त अवार्ड प्रदान गरेका हुन् ।

युवा उद्यमी ढकाल, व्यवसायीक तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । उनको पर्यटन, कृषि, वित्त, सूचना–प्रविधि, हस्पिटालिटी, कानुनी परामर्श सेवा, लगानी सहजीकरण र व्यापार व्यवसाय लगायतका थुप्रै क्षेत्रमा संलग्नता रहेको छ ।

ढकालले पछिल्लो समय धितोपत्र ब्रोकर व्यवसायलाई मुख्य व्यवसाय बनाएर अघि बढेका छन् । उनकै पहलमा १६ वर्षपछि पहिलो पटक नयाँ ब्रोकर कम्पनीले लाईसेन्स पाउन सफल भएका थिए भने यस क्षेत्रमा रहँदै आएको सिण्डिकेट समेत तोडिन पुगेको थियो । उनी नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार फोरमका केन्द्रीय सदस्य समेत हुन् ।

ढकालले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्र्तिण गरेका छन् भने त्रिभुवन विश्वविद्यायलयबाटै कानून शास्त्रमा स्नातक गरेका छन् । कानून व्यवसायी समेत रहेका ढकाल पाटन उच्च बारका कार्यसमिति सदस्य हुन् । हाल उनले त्रिभुवन विश्वविद्यालयबाट भाषा विज्ञानमा विद्यावारिधी गरिरहेका छन् ।
अवार्ड प्राप्त गरेपश्चात आँफुलाई अझ बढि जिम्मेवारीबोध भएको र आगामी दिनमा युवा उद्यमशिलताको विकास, नेपालको पुँजीवजारको सुधार र सुदृढिकरणको लागी थप सक्रिय रहन प्रेरणा मिलेको ढकालले वताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।