logo

सरकारले सुरु गरेको द्रुत बस सेवाले पहिलो दिनमैै अस्तव्यस्त ट्राफिक व्यवस्थापन, रंग पोतिएको डेडिकेटेड लेन नदिँदा अन्यलाई सास्ती

    960   पटक पढिएको


४ असोज/अर्थ र व्यापार – सरकारले सुरु गरेको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवाले पहिलो दिनमैै सो रुटमा चल्ने अन्य सवारी साधन घण्टौंसम्म जाममा बस्न बाध्य भए भने ट्राफिक व्यवस्थापन पनि निकै अस्तव्यस्त भएको थियो ।
सवारी साधनको चप अनुसार उसैत साघुरो सडकमा रातो रंग पोतिएको डेडिकेटेड लेन अन्यलाई नदिँदाको असरले द्रुत बस सेवा सञ्चालनको पहिलो दिनमै ट्राफिक व्यवस्थापनमा यस्तो भद्रगोल अवस्था आएको हो ।
बिहीबार बिहान ट्राफिक प्रहरीले द्रुत सेवा दिने २५ वटा बसका लागि छुट्याइएको लेनमा अरु सवारी साधन गुड्न नदिइएपछि काठमाडौ उपत्यकाको यस रुपमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन पुगेको हो।
भक्तपुरको सूर्यविनायक–रत्नपार्क रुटमा द्रुत सेवा दिने बसका लागि छुट्याइएको लेनमा अरु सवारीसाधन चल्न नदिएकाले अन्य सवारी साधनलाई आफ्नो गन्तव्यमा पुग्न निकै सास्ती भोग्नुपरेको थियो ।
दु्रत बस सेवा सञ्चालनकालागि भन्दै सडकमा पर्याप्त मात्रामा ट्राफिक परिचालन गरिएका छन्। सडकमा खटिएका ट्राफिक प्रहरीले रातो रंग पोतिएका लेनमा द्रुत सेवा दिने २५ वटा बस बाहेक अन्य सवारीसाधन चलाउन नदिएपछि अहिले सो रुटमा ट्राफिक व्यवस्थापन कार्य एकदमै अस्तव्यस्त भएको छ ।

बिहीबार विशेषगरी ठिमीदेखि कोटेश्वरसम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत ट्राफिक जामका साक्षी बनेका थिए । उनको गाडी पनि लामो समयसम्म लोकन्थली चोकमा ट्राफिक जाममा परेको थियो। बानेश्वर, कोटेश्वर, भक्तपुर रुटमा बिहान अफिस समयमा भएको जाम अहिले साढे १२ बजिसक्दा पनि समान्य अवस्थामा नआएको ट्राफिक प्रहरीले जनाएको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सक्रिएतामा सो दु्रत बस पहिलोपटक सञ्चालनमा आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।