logo

हङकङबाट भित्राईएको तस्करीको सुन धमाधम गालिँदै

    847   पटक पढिएको


३० साउन/अर्थ र व्यापार– चिनियाँ तस्करले हङकङबाट तस्करगरी भित्रााएको ब्रेक सुबाट बरामद गरिएको सुन मंगलबारबाट धमाधम गालिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले तस्करीको सो सुन सोमबार तौलँदा ६० केजी ७ सय ८९ ग्राम रहेको पाइएको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय र नेपाल राष्ट्र बैंक टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सोमबार बरामद गरिएको ब्रेक सुबाट सुन निकालेर जोखिएको थियो ।
मंगलबारबाट सो सुनलाई गालेर विभिन्न तौलका टुक्रा बनाइँदै छ । सुनमा कालो रङ लगाइएकाले त्यसलाई पनि हटाइँदै छ । यसकारण सुनको वास्तविक परिमाण गालेपछि मात्र थाहा हुने टक्सार कार्यालयले जनाएको छ ।
सुन गाल्दा विभिन्न परिमाणका साँचोमा राखिने भएकाले सुनका टुक्रा कति तौलका हुन्छन् भन्नेबारे पनि मंगलबार (सुन गालेपछि) मात्र जानकारी हुने टक्सार महाशाखाले जनाएको छ ।
राजस्व अनुसन्धान विभागले एक क्वीन्टल भनेर प्रचार गरिएको यस सुन तस्करी प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ । सोही क्रममा सीआईबीले सुनको परिमाण जोख्ने र त्यसलाई गाल्ने जिम्मा नेपाल राष्ट्र बैंकको टक्सार विभागलाई दिएको थियो ।

टक्सार विभागले आइतबार साँझ सीआईबीको पत्र प्राप्त गरेको थियो । सोही पत्रका आधारमा सोमबार ब्रेक सुबाट सुन निकालिएको र मंगलबार गालिएको हो । हङकङबाट गत २९ असारमा काठमाडौ ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो ।

१ सय ६० वटा ब्रेक सु बरामद भएकोमा त्यसभित्र लुकाइएको सुनको परिमाण भने करिब ६१ केजी रहेको पाइएको छ । सुरुमा दुई जनालाई सुनसहित पक्राउ गरेकोमा त्यसपछि भन्सारका अधिकृतसहित ३ कर्मचारी, ३ विदेशी नागरिक र ४ जना भन्सार एजेन्टसहित १८ जनालाई पक्राउ गरिएको थियो ।
जसमध्ये १७ जना हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् भने एक जनालाई हाजिरी जमानतमा रिहा गरिएको छ । सोही प्रकरणमा पक्राउ परेका दुई चिनियाँ र भारतीय राहदानीवाहक अर्का एक जनालाई पक्राउ गरिए पनि हाजिरी जमानतमा छाडिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।