logo

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वको १०० दिन पूरा, आर्थिक वृद्धिदरमा सघाउ नपुग्नुमा सबै क्षेत्र दोषी

    1052   पटक पढिएको

१९ साउन / अर्थ र व्यापार- नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वको सय दिन पूरा भएको छ । महासंघमा नयाँ नेतृत्वले सय दिन पुरा गरेको अवसरमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र सुधारउन्मुख भए पनि सरकारी नीति राम्रो नभएको बताएका छन् ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अत्याधिक कर्जा विस्तार भए पनि आर्थिक वृद्धिदरमा सघाउ नपुग्नुमा सबै क्षेत्र दोषी रहेको बताएका छन् । उनले सरकारको ध्यानाकर्षण गराउँदै मुलुकमा कर्जा विस्तार भइरहे पनि आर्थिक वृद्धि नहुनुमा अध्ययन हुन आवश्यक रहेको बताए ।

ढकालले महासंघमा नयाँ कार्यकारिणी आएसंगै विधान संशोधन प्रक्रियालाई अगाडि बढाइएको बताए । महासंघले मासिक कार्ययोजना अनुसार काम गर्दै जाने उनले जानकारी दिए । साथै, महासंघले पहिलो कार्यकारिणी समितिको पहिलो बैठकबाट वर्तमान आर्थिक संकटबाट बाहिर निस्कने, आन्तरिक र एफडिआइ ल्याउने वातावरण, राज्य र निजी क्षेत्रको साझेदार विकास, रोजगार सिर्जना गरेर वैदेशिक रोजगारमा जानेलाई तालिम दिने र व्यवसायीलाई हेर्ने मर्यादित दृष्टिकोण लगायत पाँचवटा कुरालाई प्राथमिकता साथ अगाडि बढाएको उनले बताए ।

निजी क्षेत्रका मुद्दामा सबै नीजी क्षेत्रका संघ–संस्था एकै ठाउँमा उभिएर सामुहिक धारणा बनाउने गरिएको बताउँदै उपलब्धिका रूपमा समेत आफ्नो धारणा सार्वजनिक गरे । बजेटपछिको मौद्रिक नीतिमा निजी क्षेत्रले दिएका सुझाव धेरै सम्बोधन नभए पनि राष्ट्र बैंकले जारी गर्ने निर्देशनमा केही सुधार भएर आउने अपेक्षा रहेको अध्यक्ष ढकालले वताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नीजी क्षेत्रका समस्या समधानमा सरकार गम्भीर नभएकोले खबरदारी जारी राखेको बताए । पछिल्लो समय निजी क्षेत्रमा चौतर्फी आक्रमण भइरहेको बताउँदै त्यसबाट सचेत भएर काम गर्नुपर्ने परिस्थिति रहेको उनले वताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।