logo

प्रधानमन्त्री दाहाल यसरी गए भारत भ्रमणमा, मिसन बिजुली बेच्ने र अन्य सम्झौता

    849   पटक पढिएको


१७ जेठ/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार (आज) दिउँसो १ बजे आफ्नो पहिलो विदेश भ्रमणमा निस्किएका छन् । प्रधानमन्त्री दाहाल सहभागी भ्रमणदलका जम्बो टोली नेपाल वायुसेवा निगमको विमानबाट भारत गएका हुन ।
आगामी ४ दिने भारत भ्रमणका क्रममा उनले ऊर्जासँग सम्बन्धित आधा दर्जन सम्झौता गर्ने तयारी छ । यसैगरि, प्रधानमन्त्री दाहालले भारत भ्रमणको वाणिज्य लगायतका विषयमा पनि दर्जनको हाराहारीमा सम्झौता हुने कार्यक्रम छ ।
यसका लागि तयारी पूरा भइसकेको छ । नेपाल सरकारका तर्फबाट भारत सरकारसँग गर्ने सम्झौताका लागि ठोस प्रस्तावको ड्राफ्ट तयार भइसकेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण नेपालमा उत्पादन भएको बिजुली बेच्ने मुख्य मिशन छ ।

‘बिजुलीको बजार खोज्न प्रधानमन्त्री भारत जान लाग्नुभएको हो,’ स्रोतले भन्यो, ‘भारत र बंगलादेशमा बिजुली बेच्ने एजेण्डा मुख्य हो ।’ अहिलेको प्रधानमन्त्रीको भ्रमण नेपालमा उत्पादन भएको बिजुली भारतमा कसरी बेच्न सकिन्छ भन्नेमै केन्द्रित भएको ऊर्जा, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् ।
‘प्रधानमन्त्रीको भारत भ्रमण ऊर्जा क्षेत्रका लागि ब्रेक थ्रु हुनेछ,’ स्रोतले भन्यो । सरकारले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा २५ वर्षका लागि बिजुली बेच्ने सम्झौताको पनि ड्राफ्ट बनाइएको छ । यो सम्झौताबाट १० हजार मेगावाटसम्म बिजुली निर्वाधरुपमा भारतमा बेच्ने बाटो खोल्नेछ ।

‘नेपाल विद्युत प्राधिकरणले पटक पटक बिजुली बेच्न गरेको प्रस्तावलाई भारतीय पक्षले खासै चासो नदिइरहेको अवस्थामा प्रधानमन्त्रीस्तरीय सम्झौताबाट यसलाई टुंगोमा पु¥याउन खोजिएको हो’ सम्झौताको ड्राफ्ट निर्माणमा संलग्न ऊर्जा मन्त्रालयका एक कर्मचारीले भने ।
यसैगरी, ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता गर्ने, ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजनाको द्विपक्षीय सम्झौता हुँदैछ ।
यस्तै, ४०० केभी क्षमताको १२० किलोमिटर लामो बुटवल(गोरखपुर प्रशारणलाइनको स्वीच थिचेर शिलान्यास हुँदैछ । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा भ्रमणका क्रममा सम्झौता तथा छलफल हुनछ ।
सन् २०१९ को डिसेम्बर अन्तिममा समाप्त भएको पारवहन सन्धी नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुँदैछ । यस्तै सिलीगुडी चारआली पाइप लाइन र टर्मिनल ट्याङ्क निर्माण, अमलेखगञ्ज लोथरसम्मको पाइप लाइन र स्टोरेज टर्मिनल ट्याङ्क निर्माणका बारेमा सहमति हुने बताइएको छ ।

भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने, नेपालगञ्ज र बिराटनगरमा एकीकृत भन्सार चौकीको दुबै देशका प्रधनमन्त्रीले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
कञ्चनपुरको दोधरा चाँदनी क्षेत्रमा ३ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सुक्खा बन्दरगाह निर्माण गर्ने सम्झौता हुँदैछ । जुट निर्यातमा लगाइएको एन्टिडम्पिङलगायत विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रासायनिक मल कारखाना राख्ने विषयमा पनि कुरा हुने बताइएको छ।

यसैगरी, निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र निर्वतमान अध्यक्ष शेखर गोल्छाका ऊर्जासँग सम्बन्धीत सम्झौता हुने बताइएको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा मन्त्री, सचिव, सुरक्षाकर्मी, व्यवसायी र पत्रकार गरी १५० जनाको जम्बो टोली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।