logo

व्यवसायी महर्जनद्धारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

    922   पटक पढिएको


४ वैशाख/अर्थ र व्यापार – नेपाल मदिरा व्यवसायी महासंघको आगामी नेतृत्वको लागि पाटन ललितपुरका मदिरा व्यवसायी मुकुन्द महर्जनले राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
महासंघको यही ८ र ९ बैशाखमा काठमाडौंमा आयोजना हुन लागेको १७ औं वार्षिक साधारणसभा तथा १२ औं महाधिवेसनमा देशभरका मदिरा व्यवसायीहरुले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै व्यवसायी महर्जनले प्रेस विज्ञप्ति जारी गर्दै आफूले विभिन्न पदमा रही विगत १० बर्षदेखि यस संस्थाको हितको लागि काम गर्दै आएको दाबी गरेका छन् ।
सोही अनुभव एवं देशभरका मदिरा व्यवसायीहरुको अनुरोधमा आफूले यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको उनले बताए ।
व्यवसायी महर्जनले यस भन्दा पहिले २ कार्यकाल महासंघ कार्यसमिति सदस्य,१ कार्यकाल महासंघमा सह कोषाध्यक्षको अलावा मदिरा व्यवसायी संघ ललितपुरको संस्थापक र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।

सरकारले मदिरा व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नको लागि आफू निरन्तर लागिपर्ने उनले बताए । उनले आफूले नेपाल सरकार अन्तरगत कर तथा राजस्व सम्बन्धीका निकायहरु सँग निरन्तर समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।
उनले वाइन शप कन्सेप्टलाई पूर्ण रुपमा लागु गर्ने देखि हरेक जिल्लामा आन्तरिक राजस्व कार्यालयसँग सहकार्य गरी जिल्लामा नक्कली मदिरा नियन्त्रण गर्नका लागि विभिन्न समितिहरु बनाएर आफू अघी बढ्ने सम्मका एजेण्डाहरु सार्वजनिक गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।