logo

व्यवसायी महर्जनद्धारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

    1446   पटक पढिएको


४ वैशाख/अर्थ र व्यापार – नेपाल मदिरा व्यवसायी महासंघको आगामी नेतृत्वको लागि पाटन ललितपुरका मदिरा व्यवसायी मुकुन्द महर्जनले राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
महासंघको यही ८ र ९ बैशाखमा काठमाडौंमा आयोजना हुन लागेको १७ औं वार्षिक साधारणसभा तथा १२ औं महाधिवेसनमा देशभरका मदिरा व्यवसायीहरुले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै व्यवसायी महर्जनले प्रेस विज्ञप्ति जारी गर्दै आफूले विभिन्न पदमा रही विगत १० बर्षदेखि यस संस्थाको हितको लागि काम गर्दै आएको दाबी गरेका छन् ।
सोही अनुभव एवं देशभरका मदिरा व्यवसायीहरुको अनुरोधमा आफूले यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको उनले बताए ।
व्यवसायी महर्जनले यस भन्दा पहिले २ कार्यकाल महासंघ कार्यसमिति सदस्य,१ कार्यकाल महासंघमा सह कोषाध्यक्षको अलावा मदिरा व्यवसायी संघ ललितपुरको संस्थापक र सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् ।

सरकारले मदिरा व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नको लागि आफू निरन्तर लागिपर्ने उनले बताए । उनले आफूले नेपाल सरकार अन्तरगत कर तथा राजस्व सम्बन्धीका निकायहरु सँग निरन्तर समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।
उनले वाइन शप कन्सेप्टलाई पूर्ण रुपमा लागु गर्ने देखि हरेक जिल्लामा आन्तरिक राजस्व कार्यालयसँग सहकार्य गरी जिल्लामा नक्कली मदिरा नियन्त्रण गर्नका लागि विभिन्न समितिहरु बनाएर आफू अघी बढ्ने सम्मका एजेण्डाहरु सार्वजनिक गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।