logo

राष्ट्रपतिको आर्थिक सल्लाहकारमा पूर्वगभर्नर चिरञ्जीवी नेपाल नियुक्त

    1218   पटक पढिएको


१६ चैत/अर्थ र व्यापार – नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा डा.चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर नेपाललाई राष्ट्रपति पौडेलले आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको सचिवालयका एक सदस्यका अनुसार नेपालले बुधबार नै नियुक्ति पत्र बुझिसकेका छन् । अर्थविद् एवं नेपालको श्रम र आर्थिक क्षेत्रबुझेका नेपालले सोह्रौं गभर्नरका रुपमा २०७१ सालको ८ चैतदेखि २०७६ सालको ५ चैतसम्म राष्ट्र बैंकको नेतृत्व सम्हालेका थिए ।
नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि उनले लिएको पुँजी वृद्धि र बैंक मर्जर नीतिलाई नेपालको बैंकिङ इतिहासमा एकदमै राम्रो निणर्यको रुपमा लिइन्छ । पूर्व गर्भनर नेपालले आफु राष्ट्र बैंकमा हुँदा लिएको सोही नीतिका कारण अहिले मुलुकभरका एक तिहाई बैंक तथा वित्तीय संस्थाको अस्तित्व नै समाप्त भइसकेको छ । त्यतिबेला देखि सरु भएको बैंक तथा वित्तीय संस्थाहरुबीच मर्जरको लहर अझै रोकिएको छैन ।
यसैगरी, समस्याग्रस्त वित्तीय संस्थाहरुको व्यवस्थापन र वित्तीय पहुँच अभिवृद्धिमा पनि नेपालको ठूलो योगदान छ । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली पनि नेपालले नै स्थापना गरेका हुन् ।
अर्थविद् एवं पूर्वगर्भनर नेपाल त्यसअघि २०६४ सालको ११ भदौदेखि २०६५ सालको ११ मंसिरसम्म नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष थिए । उनले सन् १९९४ मा बनारस हिन्दु विश्वविद्यालयबाट श्रम अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् ।
काठमाडौँ विश्वविद्यालयका भिजिटिङ प्रोफेसर भएर नेपालले ६ वर्ष काम गरेका छन् । नवनियुक्त राष्ट्रपति पौडेलका आर्थिक नेपालसँग २२ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराएको अनुभव पनि छ । उनी तत्कालीन प्रधानमन्त्री शुशील कोइरालाको आर्थिक सल्लाहकार पनि थिए ।
पारिवारिक पृष्ठभूमिका कारण सानैदेखि नेपाली कांग्रेससँग आबद्ध नेपाल २०३६ सालमा पाल्पा नेविसंघको संस्थापक अध्यक्ष पनि हुन् । यसैगरि, अर्थविद् नेपालले बीपी विचार र अर्थतन्त्रसम्बन्धी पुस्तक पनि लेखेका छन् ।
सानै उमेरदेखि नेपाली कांग्रेससँगको सामीप्यकै कारण नेपाललाई पूर्वप्रधानमन्त्री शुशील कोइरालाले आर्थिक सल्लाहकार र राष्ट्र बैंकको गभर्नर बनाएका थिए । पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालमा भित्राएको खुला बजार अर्थतन्त्रको नेपाल कट्टर पक्षपाती हुन् ।
यसअघि अर्थविद् नेपालले निजी क्षेत्रका तीनवटै छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघमा सल्लाहकार एवं परामर्शदाताका रुपमा पनि काम गरिसकेका छन् ।
आर्थिक सल्लाहकारमा नेपाललाई नियुक्त गरेका राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा पूर्वमहान्यायाधिवक्ता एवं गण्डकीका पूर्वप्रदेश प्रमुख बाबुराम कुँवरलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।