logo

स्वास्थ्य बीमाको २२ लाख रुपैयाँ लिएर बोर्डका कर्मचारी नै फरार

    1180   पटक पढिएको


२ चैत/अर्थ र व्यापार – सर्वसाधारणले स्वास्थ्य बीमाबापत तिरेको रकम आफ्नो खातामा राखेर स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी नै फरार भएका छन् ।
बीमा बोर्डको खातामा जम्मा हुनुपर्ने करिब २२ लाख रुपैयाँ रकम आफ्नो खातामा राखेर बोर्डको उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अली फरार भएका हुन् ।
गत ११ पुुसदेखि फरार भएका अलिलाई स्वास्थ्य बीमा बोर्डले २४ घण्टाभित्र हाजिर भई स्पष्टीकरण पेश गर्न पत्राचार गरेपनि फिरोज अहिलेसम्म सम्पर्कमा नआएको जनाएको छ ।
अलीले गत असार मसान्तसम्म स्वास्थ्य बिमाका लागि दर्ता सहयोगी मार्फत उठेको रकम आफ्नो खातामा जम्मा गरेको पाइएको बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले जानकारी दिए ।
बीमावापत सर्वसाधारणले जम्मा गरेको रकम जति आफ्नो खातामा राखेर उनले पछि आफ्नो व्यक्तिगत चेकबाट बोर्डको खातामा जम्मा गर्न भौचर भरी पेश गरेका थिए । तर त्यसबेला खातामा रकम नभई चेक फिर्ता (बाउन्स) भएको थियो ।
तोकिएको समयसीमाभित्र उपस्थित नभए अपचलन गरेको रकम ब्याजसहित असुल गरी कानुुनी कारबाही अघि बढाइने पनि बोर्डले जनाएको छ ।
बोर्डले २९ असारमा सार्वजनिक सूचना निकाल्दै तोकिएको समय भित्र रकम दाखिल गरेर स्पष्टीकरण पेश नगरेमा अपचलन गरेको रकम व्याज सहित असुल गर्न प्रक्रिया अघि बढाउने र अनुपस्थित भएको विषयमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारबाही गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।