logo

दुबईमा घरजग्गा बेच्न नेपालमा ’प्रोपर्टी शो’ गर्ने पाँच भारतीय पक्राउ

    1079   पटक पढिएको


९ माघ /अर्थ र व्यापार – गैरकानुनीरूपमा नेपालीलाई युएईको दुबईमा लक्जरियस अपार्टमेन्ट र जग्गा खरिदका लागि ’प्रोपर्टी शो’ आयोजना गर्ने पाँच भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पाँच भारतीय नागरिकलाई पक्राउ गरिएको जानकारी दिए।
दुबई ‘प्रोपर्टी शो’ हुनै लाग्दा राष्ट्र बैंकले भन्यो– ‘विदेशमा घरजग्गा किने कारबाही हुन्छ’ दुबई प्रोपर्टी शो हुनै लाग्दा नेपाल राष्ट्र बैकले विदेशमा घरजग्गा किने कारबाही गर्ने चेतावनी दिएको छ ।
पक्राउ पर्नेमा हर्ष शर्मा, अफताब हमज, काजल रवि अग्रवाल, गुरुचरण सिंह मेहता र अनुभव बर्मा रहेका छन्। नेपालीलाई लक्ष्य गर्दै शनिबार र आइतबार काठमाडौं सोल्टी होटलमा विशेष कार्यक्रम आयोजना गरेका थिए ।
सार्वजनिक सूचना दिएर दुबई प्रोपर्टी शो आयोजना गर्न थालेपछि गत पुस २९ मा नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै विदेशमा घरजग्गा किने कारबाही गर्ने चेतावनी दिएको थियो।
राष्ट्र बैंकको चेतावनीपछि पनि कार्यक्रम सञ्चालन गरेपछि आइतबार दिउँसो प्रहरीले कार्यक्रम स्थलमा गएर पक्राउ गरेको थियो। उनीहरूको राहदानी नियन्त्रणमा लिएको थियो। प्रशासनबाट समेत अनुमति नलिई कार्यक्रम गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले निगरानी बढाएको थियो।
इन्भेस्टर मिडिएटर्सले दामस नाम दिएर आयोजना गरेको दुबई प्रोपर्टी शोमा अपार्टमेन्ट र भिल्ला खरिद गर्नेलाई १० वर्षको गोल्डेन भिसा दिने अफरसमेत ल्याइएको थियो। योसँगै पाँच प्रतिशत डाउन पेमेन्टमा बुकिङ गर्न सकिने, एक प्रतिशत कर छुट, बैंक ऋणसमेत व्यवस्था गरेको थियो।
काठमाडौंमा बुकिङ गरेपछि दुबई जान निःशुल्क हवाई टिकटदेखि पाँचतारे होटलमा दुईजनालाई तीन रात चार दिनको प्याकेजसमेत दिने घोषणा गरेको थियो। नेपालीलाई विदेशमा लगानी गर्न रोक लगाइरहेका बेला दुबईमा रहेका व्यवसायीले भने नेपाल आएर अपार्टमेन्ट र भिल्ला बिक्रीका लागि प्रदर्शनीको आयोजना गरेका थिए ।
सोल्टी होटलमा उक्त कार्यक्रम गत वर्ष पनि सञ्चालन भएको थियो। तर, गत वर्ष पनि उक्त कार्यक्रमको विरोध भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।